नेभिगेसन मेनु

बोर्डले निर्मातालाई पेल्यो : सुनीलकुमार थापा
सम्पादक:南亚网络电视
लेखक:रातोपाटी
समय:2023-09-08 15:48

ezgif-1-3a3a24a960

काठमाडौंँ । चलचित्र विकास बोर्डले सेन्सर सिफारिस नदिएर निर्मातालाई नै पेलेर जान खोजेको आरोप निर्माता सुनीलकुमार थापाले लगाएका छन् । आफ्नो सबै कागजात पुग्दा पुग्दापुग्दै पनि बोडले सेन्सर सिफरिस रोक्नु जायज नभएको उनको भनाई छ ।

चलचित्रको सेन्सर सिफरिस रोकिएको बिषयमा मिडियासँग कुराकानी गर्दै उनले भने– ‘यदि फिल्म नै नबना भन्नुहुन्छ भने म यो फिल्मै थन्काइदिन्छु । र, मलाई फिल्म क्षेत्रमा आउनु पनि छैन । म परिवारसहित अमेरिका गएर खुसीसाथ बस्नेछु । निर्माण इजाजत दिएको बोर्डले अहिले सेन्सर सिफारिस रोक्न भने मिल्दैन ।’ बोर्डले फिल्मलाई सेन्सर सिफारिस दिनुपर्ने उनको अडान छ ।

‘बोर्ड त निर्माताहरुको पक्षमा उभिन सक्नुपर्छ । तर, निर्मातालाई नै पेलेर यो र त्यो भएन भन्दै समस्या दिइरहेको छ,’ उनी थप्छन्– ‘मेरो फिल्मले कुनै पनि हालतमा सेन्सर सिफारिस पाउनुपर्छ । बरु सेन्सर बोर्डले यो नाम नराख्न वा फिल्मै प्रदर्शन गर्न पाउँदैन भन्यो भने म त्यसका लागि तयार छु ।’ 

चलचित्र विकास बोर्डमा शीर्षक, कथासार, बजेट, ब्यानर, कलाकारदेखि निर्देशकसम्मको नाम उल्लेख नभएसम्म फिल्मले निर्माण इजाजत पाउँछ । बोर्डबाट इजाजत लिएपछि मात्र फिल्म निर्माण तथा प्रदर्शन हुन पाउँछ । तर, बोर्डले निर्माण इजाजत दिएको फिल्मलाई अहिले सेन्सर सिफारिस रोकेर झमेला दिएको छ ।

सेन्सर सिफरिसको बिषयमा बोर्डका सदस्य तथा प्रवक्ता केएल बुढाथोकीले फिल्मको सेन्सर सिफारिस नरोकिए प्रक्रिया रहेको बताए ।  ‘हामीले सेन्सर सिफारिस रोक्नै मिल्दैन । तर, कुनै विषयमा विवाद श्रृंखला भयो भने एक चरण छलफलबाट सहमति खोज्ने प्रयास बोर्डले गर्छ । र, बोर्डले त्यही गरेको हो,’ उनले भने ।

आपत्ति जनाएका संस्था र निर्माताबीच सहमति नभएको अवस्थामा नियमअनुसार बोर्डले आफ्नो निर्णय दिने बुढाथोकीको भनाई छ ।

२९ भदौबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्म ‘एक भागवत् गीता’ को नामलाई लिएर केही धार्मिक संगठनहरुले विवाद झिकेको कारण बोडले सेन्सर सिफारिस नदिएको हो ।

बोर्डलाई सेन्सर सिफारिस रोक्ने अधिकार भने छैन । तर बोर्डले विवाद मिलाउने भन्दै सेन्सर सिफारिस रोकेको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर