नेभिगेसन मेनु

भारतको चन्द्रयान- ३ चन्द्रमाको दक्षिणी ध्रुवमा सफलता पूर्वक अवतरण
सम्पादक:南亚网络电视
लेखक:विशाल श्रेष्ठ
समय:2023-08-24 00:35

thumb (3)

काठमाडौं, भाद्र ६ गते । भारतको चन्द्रयान- ३ चन्द्रमाको कक्षमा सफलता पूर्वक अवतरण भएको छ । बुधबार साँझ सवा ६ बजे चन्द्रमाको दक्षिणी ध्रुवमा चन्द्रयान– ३ सफलता पूर्वक अवतरण भएको हो । 

चन्द्रयान– ३ ले दक्षिणी ध्रुवको रासायनिक र प्राकृतिक अवस्था बारे अध्ययन गर्नेछ । चन्द्रमाको दक्षिणी ध्रुवको अनुसन्धानका लागि इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन (इसरो)ले गत २९ असारमा चन्द्रयान–३ प्रक्षेपण गरेको थियो । 

चन्द्रमाको दक्षिणी ध्रुव नजिक  चन्द्रयान अवतरण गरेर भारतले अन्तरिक्ष यात्रामा इतिहास बनाएको हो। चन्द्रयान–३ का प्रमुख लक्ष्य मध्ये एक पानीमा आधारित बरफको खोजी गर्नु हो जसले भविष्यमा चन्द्रमामा मानव बसोबास हुनसक्ने तर्कलाई सघाउने वैज्ञानिकहरू बताउँछन्। इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन (इसरो)ले त्यहाँ सधैँ छायामा रहने सतह अधिक रहेका र उक्त क्षेत्रमा पानीको सम्भावना रहेको जनाएको छ। 

Chandrayaan-3-makes-historic-Moon-landing-in-giant-leap-for-India

सफल अवतरणसँगै भारत दक्षिणी ध्रुवमा यान अवतरण गराउने विश्वको पहिलो मुलुक बनेको छ । चन्द्रमाको सतहमा यस अघि  चीन, रुस र अमेरिकाले मात्र सफलता पूर्वक यान अवतरण गराएका छन् । दक्षिणी ध्रुवमा भने अहिलेसम्म कुनै मुलुक पुगेका थिएनन् । 

दक्षिणी ध्रुवमा रुसले पठाएको यान तीन दिन अघि मात्र सतहमा अवतरणपूर्व विस्फाेट भएको थियो । त्यसैले संसारभरको आँखा मंगलबार साँझ भारततर्फ मोडिएको थियो । भारतले सफलता पूर्वक यान अवतरण गराएर चन्द्रमाको खोजमा नयाँ आयामथप्ने विश्वास संसारलाई दिलाएको छ । 

भारतले दोस्रो प्रयासमा चन्द्रयानको सफल अवतरण गराएको हो । चार वर्षअघि ‘चन्द्रयान–२’ चन्द्रमामा अवतरण गर्ने क्रममा दुर्घटना भएको थियो । त्यसपछि थप परिष्कृत गर्दै इसरोले चन्द्रयान– ३ बनाएको हो । भारतले ‘चन्द्रयान–३’ मिसनका लागि ६ सय १५ करोड भारतीय रुपैयाँ खर्चेको प्रारम्भिक अनुमान छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर