प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भदौ ३० गतेअमेरिका जाने हुनुभएको छ ।
आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले न्युयोर्कमा आयोजना हुने संयुक्त राष्टसंघको ७८औं महासभामा सहभागी हुन भ्रमण स्वीकृत दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिनुभएको हो ।
भ्रमणका क्रममा प्रधानमन्त्री दाहाल अल्पविकसित मुलुकहरूका अध्यक्षको हैसियतले विभिन्न साइडलाइन बैठकमा सहभागी हुने कार्यक्रम रहेको छ । असोज पहिलो सात प्रधानमन्त्री दाहाल अमेरिकाबाटै चीन जाने कार्यतालिकासमेत रहेको छ ।