नेभिगेसन मेनु

विपत् व्यवस्थापन कोष कार्यविधि स्वीकृत
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-09-05 12:45

Untitled-1 (3)

हेटौँडा, भदौ १९ गते । बागमती प्रदेश सरकारले प्रदेशको विपत् व्यवस्थापनसम्बन्धी कोष परिचालनसम्बन्धी कार्यविधि तयार गरेको छ । प्रदेशको मन्त्रीपरिषद् बैठकले प्रदेश विपत् व्यवस्थापन कोष–२०८० कार्यविधि स्वीकृत गरेको हो । मन्त्रीपरिषद्को सोमबार यहाँ बसेको बैठकले प्रदेशको सङ्गठन संरचना र दरबन्दीसहितको सङ्क्षिप्त सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण स्वीकृत गरेको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले जानकारी दिनुभयो । 

प्रदेश सरकारको यसअघि बसेको मन्त्रीपरिषद् बैठकले बागमती प्रदेश सरकार (कार्यविभाजन) नियमावली–२०८० स्वीकृत गरेसँगै मन्त्रीपरिषद् विस्तार गरिएको थियो । बैठकले यही भदौ २२ गते चेपाङ समुदायको पर्व न्वाँगीका अवसरमा चितवन, मकवानपुर र धादिङ जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । 

यस्तै बैठकले ग्रामीण सडक सञ्जाल सुधार आयोजना सञ्चालनका लागि स्रोत सुनिश्चित गर्न सङ्घीय सरकार, एसियाली विकास बैङ्क र प्रदेश सरकारबिच त्रिपक्षीय सम्झौतानिम्ति प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिवलाई अख्तियारी दिएको मन्त्री श्रेष्ठले जानकारी दिनुभयो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर