नेभिगेसन मेनु

भारतको प्रतिबन्धपछि व्यापारीले बढाए चामलको मूल्य
सम्पादक:南亚网络电视
लेखक:गोरखापत्र
समय:2023-08-11 16:40

chamal1675405378

भारतले चामल निर्यातमा प्रतिबन्ध लगाएको असर नेपाली बजारमा देखिएको छ। निर्यातको प्रतिबन्ध लगाएको तीन हप्ता बित्न नपाउँदै २५ केजी चामलमा एक सयदेखि दुई सय रुपियाँसम्म  व्यापारीले मूल्य बढाएका छन्। भारतले गत साउन ४ गतेदेखि बासमतीबाहेकको चामल निर्यातमा प्रतिबन्ध लगाएपछि त्यसको असर बजारमा देखिएको हो। अनुगमनमा पुगेका सरकारी अधिकारीले व्यापारीले मूल्य बढाएर चामल बिक्री गरेको पाइएको हो। 

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रवक्ता होमनाथ भट्टराईका अनुसार उपभोक्ताको गुनासो आएपछि बजार अनुगमन गर्दा २५ किलो चामलमा डेढ सयदेखि दुई सय रुपियाँ मूल्य बढाएको पाइएको हो। प्रवक्ता भट्टराईले भन्नुभयो, “उपभोक्ताले बजारबाट चामल खरिद गर्दा धेरै ठगियौँ भनेर गुनासो गरेपछि अनुगमन गर्दा थोक बिक्रेताबाट नै बढेर आएकाले बढाउनुपरेको व्यापारी बताउँछन्।’’

थोक तथा खुद्रा व्यापारीको छाता सङ्गठनका प्रमुखसँगको छलफलमा भारतमा धानको मूल्य प्रतिकेजी तीन रुपियाँ बढेकाले नेपालमा पनि चामलको मूल्य बढेको बताएको उहाँको भनाइ छ। बजारमा नियमित अनुगमन भइरहेकाले मूल्य बढेको पाइए कारबाही हुने उहाँले बताउनुभयो। उहाँले भन्नुभयो , “बजारमा नियमित अनुगमन भइरहेको छ। धेरै नै मूल्य वृद्धि भएको पाइए उपभोक्ता संरक्षण ऐन अनुसार नै कारबाही गरिनेछ।” 

व्यवसायीले भारतबाट धान ल्याएर नेपालको मिलमा कुट्दा ढुवानी बढी लाग्ने र सात प्रतिशत धान नष्ट  हुने भएकाले मूल्य केही बढाउनुपरेको व्यवसायीले बताएका छन्। यता खाद्य,किराना व्यवसायी सङ्घका अध्यक्ष देवेन्द्र श्रेष्ठले चामलको मूल्य ५० देखि १०० रुपियाँ बढेको साँचो रहेको बताउनुभयो। व्यापारीले भने भारतमा धानको मूल्य बढेकाले ढुवानी भाडा जोडेर चामल बिक्री गरेको बताएका छन्। उहाँले भन्नुभयो, “चामलको मूल्य ५० देखि १०० रुपियाँसम्म बढेको साँचो हो। भारतमा नै धानको मूल्य बढेको र नेपालमा ल्याएर कुटानी पिसानी गर्दासम्म सात प्रतिशत चामल  नष्ट हुने भएकाले मूल्य थोरै बढेको हो।” तर, धेरै मात्रामा मूल्यवृद्धि भने नभएको उहाँको भनाइ छ। चामल निर्यात रोकेको भारतले धान निर्यातमा भने रोक लगाएको छैन। 

९३ हजार क्विन्टल चामल मौज्दात 

सरकारसँग अहिले ९३ हजार क्विन्टल चामल मौज्दात छ। खाद्य, व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका सूचना अधिकारी शर्मिला सुवेदी न्यौपानेका अनुसार चामलको आपूर्ति खलबलिएको बेलामा वितरण गर्नको लागि मौज्दात राखिएको हो।  उहाँले भन्नुभयो, “चामलको आपूर्ति खलबलिएको बेलामा वितरण गर्न मौज्दात गरिएको हो। तर खाद्य व्यवस्था कम्पनी लिमिटेडले मात्र सम्पूर्ण माग धान्न सक्दैन।” यस मौज्दातले तत्कालको अवस्था मात्र धान्न सक्ने भएकाले लामो समयसम्म भारतले निर्यातमा प्रतिबन्ध लगाए अरु विकल्प सोच्नुपर्ने उहाँले बताउनुभयो। अब चाँडै चामल आपूर्ति गर्नका लागि टेण्डर खोल्ने प्रक्रियामा रहेको उहाँको भनाइ छ। 

प्रतिबन्ध फुकुवाका लागि वार्ता 

भारतले चामल निर्यातमा लगाएको प्रतिबन्ध फुकुवाका लागि वार्ता भइरहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ। मन्त्रालयका सहसचिव रामचन्द्र तिवारीका अनुसार निर्यात प्रतिबन्ध फुकुवाका लागि मौखिक कुराहरु भएकाले लामो समय प्रतिबन्ध हुँदैन। उहाँले भन्नुभयो, ‘‘भारत सरकारसँग चामल आयात प्रतिबन्ध फुकुवा गर्नका लागि निरन्तर कुरा भइरहेको छ। अहिले निर्णय नभए पनि प्रतिबन्ध नलम्बिने देखिन्छ।’’ तत्काल नेपालमा चामलको अभाव नभएको र यसअघि नै आयातको प्रक्रियामा रहेको खरिद प्रक्रियामा रहेको चामल आउन बाँकी रहेकाले आवश्यकताभन्दा बढी भण्डारण नगर्न सहसचिव तिवारीले अनुरोध गर्नुभएको छ। 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर