नेभिगेसन मेनु

सन् १९९४ मा आजकै दिन : बेलायती फौज हङकङबाट फिर्ता
सम्पादक:南亚网络电视
लेखक:कान्तिपुर
समय:2023-08-10 13:03

thumb (4)

सन् १९९४ मा आजकै दिन (अगस्ट १०) मा हङकङबाट बेलायती फौज फिर्ता भएको थियो । हङकङमा १८४१ देखि १९९७ सम्म बेलायतको उपनिवेश थियो । त्यसबीचमा दोस्रो विश्वयुद्धका बेला १९४१ देखि ३ वर्ष ८ महिना भने हङकङ जापानको नियन्त्रणमा थियो ।

सन् १९८४ मा चीन र बेलायतबीच हङकङको भविष्यका विषयमा सहमति भएको थियो । दुवै देशले संयुक्त रूपमा जारी गरेको घोषणामा बेलायतले हङकङ चीनलाई हस्तान्तरण गर्ने र १९९७ को जुलाई १ देखि ५० वर्ष हङकङको शासन व्यवस्थाबारे उल्लेख छ । चीनले हङकङलाई ‘एक देश, दुई व्यवस्था’ को सिद्धान्तअन्तर्गत १९९७ जुलाई १ मा मुख्य भूमिमा पुनः गाभेको थियो । त्योसँगै हङकङ १ सय ५६ वर्षको बेलायती उपनिवेशबाट मुक्त भएको थियो ।

त्यसयता चीनले ‘आधारभूत कानुन’ अन्तर्गत हङकङको शासन सत्ता सञ्चालनमा छ । तर २००३ मा चीन सरकारले आधारभूत कानुनमा रहेको व्यवस्थाअनुसार नयाँ सुरक्षा कानुन ल्याउने तयारी गरेको थियो । तर पाँच लाखभन्दा बढी मानिसको विरोध प्रदर्शनसँगै पछि हटेको चीनले २०२० मा ‘राष्ट्रिय सुरक्षा कानुन’ ल्याएको थियो । कानुनमा पृथकतावाद, राज्यद्रोह, आतंकवाद र विदेशी शक्तिसँगको साँठगाँठजस्ता गतिविधिमा संलग्नलाई मृत्युदण्डसम्मको सजाय दिइने व्यवस्था छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर