नेभिगेसन मेनु

युएसएआईडी र नेपाल सरकारको संयुक्त पोर्टफोलियो समीक्षा
सम्पादक:南亚网络电视
लेखक:कान्तिपुर
समय:2023-08-12 13:59

thumb (9)

नेपालस्थित अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी) र नेपाल सरकारबीच शुक्रबार संयुक्त पोर्टफोलियो समीक्षा २०२३ सफलतापूर्वक सम्पन्न भएको छ ।

दुई निकायहरूबीच आपसी समझदारी, जवाफदेहिता र सहकार्यलाई वृद्धि गर्दै उनीहरू बीचको साझेदारीलाई थप सुदृढ बनाउने दिशामा यो कार्यक्रम एक असाधारण मञ्‍च सावित भएको बताइएको छ ।

अघिल्लो समीक्षाको सफलताको जगमा थप कार्य गर्दै संयुक्त पोर्टफोलियो समीक्षा २०२३ ले नेपालमा विकासका चुनौतीहरूलाई सम्बोधन गर्न र नेपाली नागरिकहरूको हितका लागि रणनीतिहरूलाई पङ्क्तिबद्ध गर्न संयुक्त प्रयासलाई बढावा दिएको छ । कार्यक्रमले नेपाल सरकार र नेपाली जनतासँगको युएसएआईडीको साझेदारीमार्फत हासिल भएका महत्त्वपूर्ण उपलब्धिहरूमाथि प्रकाश पार्दै साझा विकास लक्ष्यहरूमा थप सहकार्यका लागि क्षेत्रहरू पहिचान गरेको अमेरिकी दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्पसनले संयुक्त पोर्टफोलियो समीक्षाको महत्त्वमाथि जोड दिँदै भने, 'आजको संयुक्त पोर्टफोलियो समीक्षाले हाम्रा संयुक्त उपलब्धिहरू र सिकाइहरू आदानप्रदान गर्नका निम्ति उत्कृष्ट मञ्‍च प्रदान गरेको छ । हामी स्वास्थ्य, शिक्षा, पूर्वाधार, कृषि, आर्थिक वृद्धि, महिला तथा बालिका सशक्तिकरण, विपद् जोखिम व्यवस्थापन, सुशासन, वातावरण, नागरिक समाज एवम् मिडिया र व्यापार विकास जस्ता महत्त्वपूर्ण क्षेत्रहरूमा हाम्रो साझेदारीलाई अझ सबल बनाउन सहयोगका भावी क्षेत्रहरूबारे छलफल गर्न यहाँ जम्मा भएका छौं ।'

संयुक्त पोर्टफोलियो समीक्षामा उद्‌घाटन र प्राविधिक सत्र गरी दुई महत्त्वपूर्ण सत्र समावेश थिए । उद्‌घाटन सत्रमा नेपालका अर्थमन्त्री प्रकाशशरण महत, राजदूत थम्पसन र युएसएआईडी नेपालका मिसन निर्देशक सेपिडे केभान्शाडले आआफ्ना मन्तव्य राख्दै फलदायी छलफल र नतिजाका लागि माहोल तयार गरे ।

युएसएआईडी नेपाल र नेपाल सरकारले आफूहरूबीचको साझेदारीलाई अझ गहिरो बनाउन र नेपाली जनताका लागि सकारात्मक परिवर्तनलाई बढावा दिन प्रतिबद्धता व्यक्त गरेका छन् । संयुक्त पोर्टफोलियो समीक्षाले पारदर्शिता, सहयोग र जवाफदेहिताका सिद्धान्तहरूमाथि पुन: जोड दिँदै राष्ट्रका लागि थप समृद्ध र दिगो भविष्यतर्फ सामूहिक प्रयासहरूलाई निर्देशित गर्दछ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर