नेभिगेसन मेनु

रियो दि जेनेरियोमा भएको आक्रमणमा नौ जनाको मृत्यु
सम्पादक:南亚网络电视
समय:2023-08-04 12:46

blast-in-thailand

रियो दि जेनेरियो शहर आसपास प्रहरीले गरेको आक्रमणमा कम्तीमा नौ व्यक्तिको मृत्यु भएको अल जजीराले जनाएको छ ।

भर्खरैका हिंसात्मक घटनाहरूका कारण कम्प्लेक्सो दा पेन्हामा आपराधिक समूहहरूलाई लक्षित गर्दे प्रहरी कारबाही तीव्र पारिएको हो ।

ब्राजिलमा पछिल्ला दिनहरूमा यस्ता कारहबाहीलाई राजनीतिक समर्थनसहित तीव्रता दिइएको छ । यद्यपि यस किसिमका कारबाहीमा प्रहरीले व्यापक बल प्रयोग गरेको भन्दै आलोचना पनि भएको छ ।

अल जजीराका अनुसार ब्राजिलका पूर्व राष्ट्रपति जैर बोल्सोनारोले प्रहरी शक्तिको दुरुपयोगको चिन्तालई अस्वीकार गर्दै भनेका छन् – ‘अपराधीहरू साङ्लो जस्तै मर्नुपर्छ।’

उनले ब्राजिलमा ‘बुलेट’ लबीलाई दृढतापूर्वक समर्थन समेत गरेका छन् । यहाँ यो शब्दावली राजनीतिक शक्तिहरूलाई वर्णन गर्न प्रयोग गरिन्छ जसको आशय बन्दुक, अपराध विरोधी कानून, र कानून प्रवर्तनमा बढेको पहुँचको पक्षमा एकजुट हुनुलाई बुझिन्छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर