नेभिगेसन मेनु

भारतले धौलीगंगाकाे बाँध खोल्यो, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
सम्पादक:南亚网络电视
समय:2023-07-22 13:28

badi-darchula2023-07-22-09-59-18

भारतले उत्तराखण्ड प्रदेश अन्तर्गत पिथौरागढ जिल्लाको छिरकिल्लामा रहेको धौलीगंगा जलविद्युत् परियोजनाको बाँधका ढोका फेरि खोलेको छ । शनिबार बिहान ५ बजेदेखि ८ बजेसम्मको लागि बाँधका ढोकाहरु खोलेको हो । 

भारतीय प्रशासनले सिल्ट सरसफाइ गर्ने भन्दै नेपाली प्रशासनलाई यसअघि नै जानकारी दिएको थियो । जिल्ला प्रशासन कार्यालय दार्चुलाले महाकाली नदीमा पानीको बहाव बढ्ने भन्दै नदी किनारका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

व्यास गाउँपालिका–५ धौलाकोटदेखि लेकम गाउँपालिका–३ लालीसम्मका नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाएर सुरक्षित ठाउँमा बस्न प्रशासनले आग्रह गरेको छ ।भारतले यसअघि गएको असार २६ गते बिहान ५ बजेदेखि बेलुकी ८ बजेसम्म बाँधका ढोका खोलेको थियो । भारतले वर्षाको समयमा बेलाबेला बाँधका ढोका खोल्दै आएको छ ।

रातिबाटै वर्षा भइरहेको बेला भारतले बाँधको समेत ढोका खोल्दा तटीय क्षेत्रमा जोखिम बढेको छ । असार २६ गते खोलिएको बाँधले दार्चुलाको पारिपट्टि भारतीय क्षेत्र धार्चुलामा एक घर बाढीले बगाएको थियो । यस्तै २०७० सालमा भारतले कुनै जानकारी नदिई बाँधका ढोका खोल्दा नेपालतिर ठूलो क्षति भएको थियो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर