नेभिगेसन मेनु

बङ्गलादेशलाई ४० देखि ५० मेगावाट विद्युत् बेच्न तयारी
सम्पादक:南亚网络电视
समय:2023-06-27 14:06

bijuli-tar

काठमाडौँ, असार १२ गते । नेपालले बर्षायाममा उत्पादित बिजुली बङ्गलादेश बेच्नका लागि गरेको गृहकार्य अन्तिम रूपमा पुगेको जनाएको छ । गत जेठ १७ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड को  भारत भ्रमणको क्रममा नेपालको विद्युत् बङ्गलादेश निर्यात गर्नका लागि भारतीय पक्षसँग छलफल भएको थियो । वार्तामा भारत सकारात्मक भएको ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटुवालले जानकारी दिनुभयो ।

भारतले १० वर्षमा १० हजार मेगावाट विद्युत् आयात गर्ने भारतका प्रधानमन्त्री मोदीले नै बताएको प्रधानमन्त्री प्रचण्डले स्वदेश फिर्ता भएपछि बताउनु भएको थियो । यस्तै बङ्गलादेशमा बिजुली निर्यातका लागि भारतको बाटो प्रयोगको विषयमा पनि भारत सकारात्मक नै रहेको थियो । 

नेपालले बङ्गलादेशमा ४० देखि ५० मेगावाट विद्युत् निर्यात गर्नका लागि गृहकार्य भइरहेको प्रवक्ता भेटुवालले जानकारी दिनुभयो । वर्षाको बिजुली बङ्गलादेश बेच्नका लागि त्रिपक्षीय बैठक सम्पन्न भएको तर औपचारिक घोषणा भने हुन बाँकी रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “वर्षा याममा नेपालको बिजुली बङ्गलादेशमा बेच्नका लागि लागि नेपाल,भारत र बङ्गलादेशको सचिव स्तरीय बैठक सम्पन्न भइसकेको छ । जसअनुसार ४० देखि ५० मेगावाटसम्म बिजुली निर्यात गर्न सकिने छ । तर, औपचारिक हस्ताक्षर भने हुन बाँकी  छ ।”

तत्काल नेपालको क्षमता पनि धेरै नभएकाले थोरै मात्रामा भए पनि बिजुली बेच्नका लागि प्रक्रिया थालिएको हो । वर्षा याममा बढी भएको बिजुली बेच्न सकियो भने करिब २५ अर्ब रुपियाँ नेपाललाई फाइदा पुग्ने मन्त्रालयले जनाएको छ । 

बङ्गलादेशमा विद्युत् व्यापारको लागि नेपालको विद्युत् प्राधिकरण, भारतको एनबिबिएन, बङ्गलादेशको बिबिटिबि तीन वटा निकायको बिचमा सम्झौता भएपछि मात्र विद्युत् व्यापारको औपचारिक प्रक्रिया पुरा हुने छ । हस्ताक्षरका लागि अहिले प्रसारण लाइनको क्षमता अनुसार तत्काल धेरै विद्युत् बेच्न सक्ने अवस्था नरहेको भेटुवालको भनाइ छ । 

नेपालले बङ्गलादेशलाई बिजुली बेच्नका लागि भारतको प्रसारण लाइनको प्रयोग गर्नुपर्ने हुन्छ । जसका लागि भारतको स्वीकृति आवश्यकता पर्छ । यसअघि नेपालले लिखु–४ बाट उत्पादित विद्युत् निर्यात गर्नका लागि प्रस्ताव पठाएको थियो । 

नेपालले हिउँदको समयमा भने विद्युत् आयात नै गर्नुपर्ने हुन्छ । तर, वर्षाको समयमा भने विद्युत् उत्पादन धेरै भएर खेर जाने अवस्था आउने गरेको छ । भेटवालले भन्नुभयो, “हिउँदको समयमा बिद्युत्को उत्पादन कम नै हुने गरेको छ । तर, वर्षाको पाँच महिनामा धेरै उत्पादन हुने भएकाले नेपालको माग पुरा गरी निर्यात गर्न सकिने अवस्था रहन्छ  ।” 

नेपालको बिजुलीको कुल जडित क्षमता दुई हजार ४३० मेगावाट छ । उच्चतम माग सरदर एक हजार ६२८ मेगावाट रहेको छ । पहिलो चरणमा थोरै मात्रामा बिजुली निर्यात गर्न लागिएको भए पनि क्रमशः यसलाई बढाउँदै लैजान सकिने देखिएको भेटुवाल बताउनुहुन्छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर