नेभिगेसन मेनु

मणिपुर हिंसामा १४२ नागरिक मारिए
सम्पादक:南亚网络电视
समय:2023-07-11 16:01

मणिपुरका मुख्य सचिवले भारतको सर्वोच्च अदालतमा प्रस्तुत गरेको प्रतिवेदनमा हिंसा प्रभावित राज्यमा एक सय ४२ जनाको ज्यान गएको उल्लेख छ।

manipur-hinsa_CtBt7z2mZ9

मणिपुर : भारतको उत्तरपूर्वी राज्य मणिपुरमा विगत दुई महिनामा भएका हिंसामा एक सय ४२ जनाको मृत्यु भएको स्थानीय सरकारले जनाएको छ।

मणिपुरका मुख्य सचिवले भारतको सर्वोच्च अदालतमा प्रस्तुत गरेको प्रतिवेदनमा हिंसा प्रभावित राज्यमा एक सय ४२ जनाको ज्यान गएको उल्लेख छ। गत मेदेखि राज्यमा आगजनीका पाँच हजार घटना भएका तथा इम्फाल पूर्व र इम्फाल पश्चिमका जिल्लामा सबैभन्दा धेरैले ज्यान गुमाएका उल्लेख गरिएको छ। 

राज्यमा शान्ति सुव्यवस्था कायम गर्न तथा स्थितिलाई नियन्त्रणमा राख्न पाँच हजार नौ सय ९५ फस्ट इन्फर्मेशन रिपोर्ट (एफआईआर) दायर गरिएको र छ हजार सात सय ४५ जनालाई हिरासतमा लिइएको मुख्य सचिवले प्रतिवेदनमा उल्लेख गरेका छन्। 

स्थानीय सरकारले पनि राज्यमा शान्ति कायम गर्न अर्धसैनिक बलका एक सय २४ कम्पनी र  भारतीय सेनाको एक सय २४ टोली परिचालन गरिएको जनाइएको छ।  उत्तरपूर्वी राज्य  मणिपुरमा मे ३ तारिखदेखि जारी जातीय दङ्गमा ती हजारभन्दा बढी घाइते भएका छन्भने ६० हजारभन्दा बढी विस्थापित भएका छन्। 

भीडले तोडफोड र आगजनी गर्ने क्रममा राज्यमा सयौं घर र पसल जलाएका छन् भने राज्यका अधिकांश भागमा निषेधाज्ञा जारी गरिएको छ। इन्टरनेटमा प्रतिबन्ध लगाइएको छ। मणिपुरमा शान्ति पुनःस्थापनाका लागि सङ्घीय सरकारले हालसम्म गरेका प्रयासहरूले अपेक्षित परिणाम ल्याउन सकेको छैन।

उक्त राज्यमा सोमबार भएको  हिंसात्मक झडपमा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।   गैरआदिवासी मेइतेई समुदायलाई अनुसूचित जनजातिको दर्जामा समावेश गर्ने निर्णयको विरोधमा हिंसा भड्किएको हो। 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर