नेभिगेसन मेनु

भारत सरकारको सहयोगमा बनेको बुढानीलकण्ठ धर्मशालाको उद्घाटन
सम्पादक:南亚网络电视
समय:2023-07-06 13:40

thumb (10)

काठमाडौँ — भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित बुढानीलकण्ठमा बनेको धर्मशाला उद्घाटन गरिएको छ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले बुधबार बुढानीलकण्ठ-३ मा निर्मित बुढानीलकण्ठ धर्मशाला (अतिथिगृह) को उद्घाटन गरेका हुन् । 

बुढानीलकण्ठ मन्दिरका मठाधीश स्वामी निगमानन्द, प्रतिनिधिसभा सदस्यहरू गगनकुमार थापा र प्रदीप पौडेल, भारतीय राजदूतावासका पदाधिकारीहरू, काठमाडौंका नियोग उप-प्रमुख प्रसन्न श्रीवास्तवलगायतको उपस्थिति थियो ।

भारत सरकारको करिब ५ करोड रुपैयाँ अनुदानमा निर्माण भएको उक्त धर्मशालाले बुढानीलकण्ठ मन्दिरमा आउने हजारौं तीर्थयात्रीलाई सेवा दिने बताइएको छ ।

यस परियोजनाले नेपालसँग भारतको लामो समयदेखि रहिआएको विकास साझेदारीलाई प्रतिविम्बित गरेको भारतीय दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

उद्घाटन समारोहमा बोल्दै उपराष्ट्रपति यादवले भूकम्पपछिको पुनर्निर्माणमा भारत सरकारले पुर्‍याएको सहयोगको सराहनासमेत गरेका थिए ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर