नेभिगेसन मेनु

पहिरोले कान्ति लोक पथ र सिस्नेरी–फर्पिङ सडक अवरुद्ध
सम्पादक:南亚网络电视
समय:2023-06-15 13:02

sadak-abaruddha

हेटौँडा, जेठ ३२ गते । हेटौँडा हुँदै काठमाडौँ जोड्ने कान्ति लोक पथ र कुलेखानी–सिस्नेरी–दक्षिणकाली–फर्पिङ सडक पहिरोले अवरुद्ध बनेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार कान्ति लोक पथको ललितपुरतर्फ भट्टे डाँडा सडक खण्डमा बुधवार गएको वर्षापछि आएको पहिरोका कारण रातिबाट सडक अवरुद्ध बनेको हो । 

यस्तै हेटौँडाबाट काठमाडौँ जाने छोटो दुरीको मार्ग कुलेखानी–सिस्नेरी–दक्षिणकाली–फर्पिङ सडक खण्डको मकवानपुरको इन्द्र सरोवर गाउँपालिका ३ स्थित सिस्नेरीमा बिहीबार बिहान आएको पहिरोले सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयो । 

उहाँले दुवै सडकमा आएको पहिरो पन्छाएर सडक सुचारु गर्ने प्रयास भइरहेको जनाउँदै वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गर्नुभएको छ । राजमार्ग अवरुद्ध बनेपछि हेटौँडा आउने र काठमाडौँ जाने सवारीका साधन बिचमा नै रोकिएको र यात्रु अलपत्र परेका छन् ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर