नेभिगेसन मेनु

कैदीबन्दीलाई झाडापखाला सङ्क्रमण
सम्पादक:南亚网络电视
समय:2023-05-23 14:54

 मकवानपुरको भीमफेदी कारागारका ३५  कैदीबन्दीलाई झाडापखाला  सङ्क्रमण भएको छ । सोमबार साँझ अचानक केही कैदीबन्दीमा ज्वरो आउने, बान्ता लाग्ने, पेट दुख्ने  तथा झाडापखाला लाग्नेजस्ता लक्षण देखापरेको थियो ।

सुरुमा एक जनाबाट सुरु भएको झाडापखाला सङ्क्रमण बिस्तारै अन्यमा सङ्क्रमण हुँदै आएको भीमफेदी कारागारका जेलर प्रमुख तीर्थ पौडेलले जानकारी दिनुभयो । सङ्क्रमण भई बिरामी भएका कैदीबन्दीको उपचारका लागि जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरबाट दुई चिकित्सक, चार  सहयोगी र प्राथमिक स्वास्थ्य केन्द्र भीमफेदी मकवानपुरबाट एक चिकित्सक, चार सहयोगी गरी ११ जनाको टोलीले आवश्यक औषधिसहित उपचार भइरहेको जेलर पौडेलले बताउनुभयो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर