नेभिगेसन मेनु

विद्यालयलाई वन वातावरणसम्बन्धी पाठ्यसामग्री प्रदान
सम्पादक:南亚网络电视
समय:2023-06-12 14:08

sfgnsdfgn (1)

ताप्लेजुङ, जेठ २९ गते । डिभिजन वन कार्यालय ताप्लेजुङले विभिन्न चार वटा विद्यालयलाई वन वातावरणसम्बन्धी पाठ्यसामग्री वितरण गरेको छ । विद्यालय तहबाटै वन तथा वातावरणसम्बन्धी सचेतना बिस्तारको उद्देश्य राखेर डिभिजन वन कार्यालयले पाठ्यसामग्री वितरण गरेको हो ।

डिभिजन वन कार्यालयका सूचना अधिकारी एवम् सहायक वन अधिकृत ललितकुमार यादवका अनुसार सदरमुकाम फुङ्लिङ नगरपालिकाको भानुजन माध्यमिक विद्यालयसहितलाई पाठ्यसामग्री र एक–एक वटा फर्निचर सामग्री दराज उपलब्ध गराइएको छ । विद्यालय वातावरण सुधार कार्यक्रमअन्तर्गत उक्त सामग्रीहरू उपलब्ध गराएको सहायक वन अधिकृत यादवले जानकारी दिनुभयो । 

पाठ्य सामग्री तथा दराज पाउनेमा फुङ्लिङ नगरपालिकाकै युवा वर्ष माध्यमिक विद्यालय, सिरिजङ्घा गाउँपालिकाको राष्ट्रिय माध्यमिक विद्यालय र मेरिङ्देन गाउँपालिकाको पृथ्वी माध्यमिक विद्यालय रहेका छन् । सो सामग्रीहरू भने प्रदेश सरकारका पूर्व मन्त्री बलबहादुर साम्सोहाङको उपस्थितिमा सम्बन्धित विद्यालयलाई वितरण गरिएको डिभिजन वन कार्यालयका निमित्त डिभिजन वन अधिकृत बद्री साहले जानकारी दिनुभयो ।

डिभिजन वन अधिकृत साहका अनुसार विद्यार्थीहरूमा वन र वातावरणसम्बन्धी ज्ञान बढाउन, वन तथा वातावरण संरक्षणसम्बन्धी प्रशिक्षित गराउनमा पाठ्य सामग्रीले सहयोग पुग्ने विश्वास राखिएको छ । यस्तै स्थानीय क्षेत्रमा वन तथा वातावरण संरक्षणसम्बन्धी कानुन बनाउने प्रक्रियामा सहजीकरण गर्न र अन्य संरक्षणका अभियानहरू सञ्चालन गर्नमा पाठ्य सामग्री उपयोगी हुने पनि उहाँको भनाइ छ ।

वन तथा वातावरण संरक्षण गतिविधिमा पाठ्यलगायत सामग्री वितरणको कार्य ताप्लेजुङका लागि नौलो भएको र यसको प्रभावकारिता मूल्याङ्कन गरेर अन्य विद्यालयमासमेत बिस्तार गर्ने योजना रहेको वन कार्यालयले जनाएको छ । 

वितरण गरिएको पाठ्य सामग्रीमा भने ताप्लेजुङमा पाइने महत्त्वपूर्ण जडीबुटीको जानकारी, गैह्र काष्ठ वन पैदावारको सम्भाव्यता अध्ययन प्रतिवेदन, मानव–वन्यजन्तु द्वन्द्व तथा क्षतिपूर्ति राहतसम्बन्धी जानकारी पुस्तिका, वन डढेलो नियन्त्रणका उपाय दिने जानकारी पुस्तिकालगायत रहेका छन् ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर