नेभिगेसन मेनु

अबको यात्रा सुशासन केन्द्रित हुनुपर्छ : प्रदेश प्रमुख शर्मा
सम्पादक:南亚网络电视
समय:2023-05-28 18:05

0

हेटौँडा, जेठ १४ गते । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०-०८१ को लागि नीति तथा कार्यक्रम ल्याएको छ । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले अबको हाम्रो यात्रा प्रादेशिक संरचनाहरुको सुदृढीकरणमार्फत सुशासनतर्फ केन्द्रित हुन आवश्यक भएको बताउनुभएको हो । 

प्रदेश सरकाको आगामी आवको नीति तथा कार्यक्रम आइतबार प्रदेश सभामा सम्वोधन गर्नुहुँदै प्रदेश प्रमुख शर्माबाट अबको हाम्रो यात्रा सुशासनतर्फ अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको छ । 

बागमती प्रदेश सभामा नीति तथा कार्यक्रम सम्वोधन गर्दै प्रदेश प्रमुख शर्माले सडक दुर्घटना न्यूनीकरण गर्न सडक सुरक्षा कार्यक्रम अगाडि बढाइने, सुरुङमार्ग निर्माण गर्न सङ्घीय सरकारसँग सहकार्य र बन्द रहेको हेटौँडा–काठमाडौँ रज्जुमार्ग सञ्चालन गर्ने बताउनुभयो ।

नीति तथा कार्यक्रममा ढल प्रणालीलाई सुधार गर्ने, विद्युत् ऐन निर्माण गरिने, दुई वर्षभित्रमा प्रदेशका सबै घरधुरीमा स्वच्छ उर्जा पुर्याउने नीति ल्याइने, एक विद्यालय एक नर्स कार्यक्रमको विस्तार गरिने, नदी प्रणालीको सरसफाई गर्ने नीति लिइने र प्रदेश यातायात तथा सवारी नीति बनाइने, विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहित गर्ने नीति लिने भएको छ ।

यस्तै, सवारी चालक अनुमतीपत्र सङ्घीय सरकारसँगको समन्वयमा प्रदेश सरकारबाट जारी गर्ने व्यवस्था गर्ने, बागमती प्रदेशलाई श्रमिकमैत्री प्रदेश बनाउने र जिल्लामा एकीकृत कार्यालय स्थापना गरिने भएको छ । पहिलो आवधिक आयोजनाको समिक्षा गर्दैै दोश्रो आवधिक योजना बनाउन सुरु गर्नेसमेत नीति तथा कार्यक्रममा उल्लेख छ। 

विपद् व्यवस्थापनको कार्यलाई प्रभावकारी बनाइने, सार्वजनिक सेवालाई प्रभावकारी बनाउने र प्रदेश समन्वय परिषद्को भूमिकालाई प्रभावकारी बनाइने गरी नीति तथा कार्यक्रम ल्याइएको छ । चुनौतीसँगै सम्भावनाहरु रहेको भन्दै उहाँले नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनले उत्पादनको वृद्धिसँगै मानव संशोधन विकास, रोजगारीको अवसर सिर्जना र गरिवी न्यूनीकरण गर्दै सामाजिक न्याय र वातावरण संरक्षणसहितको आर्थिक समृद्धि हासिल हुने आफूले विश्वास लिएको बताउनुभयो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर