नेभिगेसन मेनु

प्रधानमन्त्री प्रचण्डसमक्ष राष्ट्रिय फोटो पत्रकारद्वारा ज्ञापनपत्र प्रस्तुत
सम्पादक:南亚网络电视
समय:2023-05-17 13:59

photo-patrakar

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राष्ट्रिय फोटो पत्रकार समूहले विभिन्न मागसहित ज्ञापनपत्र प्रस्तुत गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार प्रधानमन्त्री प्रचण्ड लाई राष्ट्रिय फोटोपत्रकार समूहले फोटोपत्रकारको हकहितका लागि सात बुँदे माग राखी ज्ञापनपत्र बुझाएको हो ।

विगत २५ वर्षदेखि फोटो पत्रकारहरूको हकहितका लागि काम गर्दै आएको राष्ट्रिय फोटो पत्रकार समूहले प्रधानमन्त्रीसमक्ष सो ज्ञापनपत्र प्रस्तुत गरेको हो ।

फोटो पत्रकारहरूले भोग्दै आएको कुरासहित फोटो पत्रकारहरूलाई राज्यद्वारा उचित सम्मान, बिमा, फोटो पत्रकारको हकहित र आपत् विपतका साथै फोटो पत्रकारको बौद्धिक विकास तथा तालिमका लागि बजेटको माग गरिएको छ ।

त्यस्तै, क्यामेरा तथा त्यसका इक्युप्मेनट खरिदका लागि सहुलियत ऋण सुविधा उपलब्ध गराउन पनि फोटो पत्रकारहरूले माग गरेका छन् । यस सन्दर्भमा प्रधानमन्त्री प्रचण्डले आफूले सक्ने सहयोग सुनिश्चितता गर्ने प्रतिबद्धता जनाउनुभयो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर