नेभिगेसन मेनु

ढल सफाइ गर्दै पालिका
सम्पादक:南亚网络电视
समय:2023-05-16 13:36

Untitled-1 (5)

झापाको दमक नगरपालिकाले मुख्य सहरी क्षेत्रमा रहेका ढललाई सफाइ गर्न सुरु गरेको छ । ढल भरिएर ढलको पानी निकास नहुने र बर्सातको समयमा सडकमा पानी बग्ने भएपछि बर्सात अगावै ढल सफाइ गर्ने काम सुरु गरिएको दमक नगर प्रमुख रामकुमार थापाले बताउनुभयो ।

केही समय पानी पर्न साथ ढल भरिएर पानी बाहिर सडकमा आएर सडक नै खोलो जस्तो बन्ने गरेको भन्दै आलोचना हुँदै आएको थियो । ढलको निकास पनि नहुने र ढल सफाइ नहुँदा झनै समस्या हुने गरेको बताइन्छ । “बर्सात अगावै हामी दमकका अधिकांश ढल सफाइ गरिसक्छौँ,” नगर प्रमुख थापाले भन्नुभयो । बर्सातबाट जोगिनका लागि पूर्वतयारी अन्र्तगत नै ढलको सफाइ गरिएको पनि जनाइएको छ ।

दमक नगरपालिकाका इन्जिनियर अनन्त सेनेहाङका अनुसार ढलमा प्लास्टिक, सिसालगायतका अन्य विभिन्न फोहोरजन्य सामग्रीहरूले ढल भरिँदा समस्या भएको स्थानीयको गुनासो आएपछि सफाइ गरिएको जनाउनुभयो । पानी पर्दा ढल भरिएर फोहोर छरपस्ट हुने अवस्था नआओस् भनेर सफाइ गरिँदैछ, उहाँको भनाइ छ ।

पहिला बनाइएका ढलहरूको निकास नभएको र अहिले सडकभन्दा होचो भएकाले पनि समस्या हुँदै आएको प्राविधिकहरूको ठम्याइ रहेको छ । पहिला जस्तो भए पनि हुन्छ भनेर ढल बन्दा अहिले सहरीकरणसँगै समस्या भएको छ, एक प्राविधिकले भन्नुभयो । निकाससहितको ढल व्यवस्थापन गर्नका लागि बारम्बार छलफल पनि हुँदै आएको छ, उहाँले भन्नुभयो ।

दमक नगरपालिका वडा नं.–७ का वडाध्यक्ष एवं पूर्वाधार विकास समितिका संयोजक भीम पौड्यालका अनुसार अब बन्ने ढललगायतका पूर्वाधारहरूलाई गुणस्तरीय र निकाससहितको बनाउने बताउनुभयो । पुरानालाई पनि कसरी मापदण्डमा ल्याउन सकिन्छ भनेर छलफल चलाइरहेका छौँ, उहाँले भन्नुभयो ।

पुरिएका ढलको सफाइ, ढकन नभएका ढलमा ढकनको व्यवस्थापन गर्नेलगायतका काम सुरु भएको पौड्यालले जनाउनुभएको छ । “बनिसकेका संरचनालाई भत्काएर नयाँ बनाउन समस्या हुने र खर्चिलो हुने भएकाले हामीले त्यसैलाई कसरी सहि सदुपयोग गर्न सकिन्छ भन्ने सोचेका छौँ,” उहाँले भन्नुभयो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर