नेभिगेसन मेनु

नदी प्रदूषणका कारण सङ्कटमा घडियाल गोही
सम्पादक:南亚网络电视
समय:2023-05-09 13:54

ghadiyal_utsab__1_

नवलपुरको देवचुली नगरपालिकामा दुईदिन सम्म सञ्चालन भएको घडियाल काव्य उत्सवमा वातावरण संरक्षणमा जोड दिइएको छ । सन् १९७० देखि नै दुर्लभ मानिएको अति सङ्कटापन्न घडियाल गोहीको साहित्यमार्फत संरक्षणका लागि ‘प्रकृतिसँग साहित्य’ भन्ने मूल नारासहित घडियाल काव्य उत्सव दोस्रो संस्करण गरिएको हो  । 

नारायणीलगायतका देशका ठूला नदीनालामा विचरण गर्ने घडियाल गोही नदी प्रदूषणका कारण सङ्कटमा पर्दै गएपछि यसको संरक्षणमा चासो बढ्दै गएको नेपाली कांग्रेस नवलपरासी पूर्व–क्षेत्र १ का सङ्घीय सांसद डा. शशाङ्क कोइरालाले बताउनुभयो । 

चितवन राष्ट्रिय निकुञ्ज सौराहाका सेक्टर प्रमुख सरोजमणि पौडेल, डब्लूडब्लूएफ नेपालका नेपाल प्रमुख डाक्टर घनश्याम गुरुङ र पूर्व संरक्षण अधिकृत रामप्रति यादवसँग करुणासागर सुवेदीले छलफल गर्नुभयो । यो सेसनमा घडियाललाई लोप हुन नदिन पानी र वातावरण जोगाउनुका साथै यसको चोरीसिकारी हुन नदिने कुरामा जोड दिइएको थियो । 

त्यसैगरी दोस्रो सेसनमा ञवेग र भेगको दोसाँधमा नारायणी शीर्षकमा छलफल भएको छ । पूर्वमन्त्री गणेश शाह, गैँडाकोट नगरपालिका प्रमुख मदनभक्त अधिकारी र विनयीत्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीसँग खिमानन्द भुसालले बहस गर्नुभयो ।

यो सेसनमा नारायणी किन साँघुरो हुँदै गयो, पानी किन सुक्न थाल्यो भन्ने विषयमा छलफल भएको थियो । त्यसैगरी तेस्रो कार्यक्रम अन्तर्गत शिक्षाको संरक्षणकी संरक्षणका लागि शिक्षा शीर्षकमा छलफल भयो ।

मध्यविन्दु नगरपालिकाका प्रमुख भीमलाल अधिकारी, राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाकी प्रमुख रचना शाह र नेपाल वातावरण पत्रकार समूहकी अध्यक्ष रोशनी अधिकारीसँग डा. भूमिराज चापागाईँले बहस गर्नुभयो । 

यो छलफल कार्यक्रममा वातावरणलाई कसरी जोगाउने र घडियालको संरक्षण कसरी गर्ने भन्ने बारेमा छलफल भएको थियो । पानीको संरक्षण र नागरिकको आनीबानीमा ध्यान दिन सकेमा वातावरणको संरक्षण हुने यो छलफलको सन्देश थियो ।

पहिलो दिनको चौंथो कार्यक्रममा चराचरमा चरा शीर्षकमा छलफल भयो । वर्ड लाइफ इन्टरनेशनलका एसिया पार्टनरसिप म्यानेजर डा. हुम गुरुङ, पक्षी संरक्षण सङ्घ नेपालका प्रोजेक्ट अफिसर देउबहादुर राना र संरक्षणकर्मी डिबि चौधरीसँग सुवास बस्ताकोटीले छलफल गर्नुभयो । यो सेसनमा हाम्रो संस्कृति र जीवनसँग पनि चराको परस्पर सम्बन्ध रहेको बारेमा बहस भएको थियो । 

अन्तिम कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिल पुर्जा मगर, गण्डकी प्रदेशका प्रदेश सभा सदस्य महेन्द्रध्वज जिसी र संरक्षणकर्मी विष्णुप्रसाद अधिकारीसँग पत्रकार नारायण शर्माले छलफल चलाउनुभयो ।

निकुञ्जको मुख्य कार्यालय चितवनमा रहेको र नवलपरासीबासीले निकुञ्ज सम्बन्धित स–साना कुरामा पनि सेवा लिन जिल्ला बाहिर जाँदा सास्ती खेप्नुपरेको विषयमा चर्चा गरिएको छ ।

उत्सवको दोस्रो दिन वैशाख २३ गते शनिबार प्रकृतिसँग साहित्य, शिरको गाथा तीरको व्यथा र वैभवशाली देवचुली शीर्षकमा बहस तथा छलफलका कार्यक्रम भएका छन् । काव्य वाचनमा गण्डकी प्रदेशसहित मध्य नेपालका १८ जना स्रस्टाले कविता वाचन गर्नुभयो ।  

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर