नेभिगेसन मेनु

सिन्धुलीमा आगलागी : पाँच घर जलेर नष्ट, करोडौंको क्षति
सम्पादक:南亚网络电视
समय:2023-04-24 13:49

sindhuli-aago2_k4Vtux0HxG

सिन्धुलीको कमलामाई नगरपालिका-२ चियाबारीमा आगलागी हुँदा पाँच घर जलेर नष्ट भएका छन्। आइतबार राति करिब १२ बजेतिर अचानक सल्केको आगोले स्थानीय सन्तोष काजी थापा, अम्बिका बुढाथोकी, सिताराम थापा, कौशल थापा, प्रेमकुमारी थापा र राजकुमार श्रेष्ठको घर जलेर नष्ट भएको हो।

आगलागीबाट करोडौं मूल्यको क्षति भएको छ। आगलागीबाट घरमा भएका सबै सर सामान गररहना, अन्नपात, लत्ता कपडा, भाँडा कुडा, सहित नगद समेत जलेको छ। सन्तोष काजी थापाको मात्र ११ लाख नगद र सात तोला सुनचाँदी जलेको बताए। 'सालाको बिहेको लागि सुन खरिद गर्न आइतबार मात्र जम्मा गरेको ११ लाख नगद नै जल्यो,' थापाले भने। 

छिमेकीको घरमा लागेको आगो नियन्त्रण गर्ने प्रयास गर्दा आफ्नो पनि सर्वस्व गुमेको उनको भनाई छ। कौशल थापाको तिनलाखको सुन, ६० हजार नगद, घरमा भएको सबै सर सामान जलेर नष्ट भएको छ। 

प्रेम कुमारी थापाको तीन लाख नगदसहित गरगहनाका साथै घरमा भएका सबै सरसामान जलेको छ। सिताराम थापाको घरभित्र भएका सबै सामान जलेका छन्।null

अम्बिका थापाको १ लाख नगद, पाँच तोला सुनसहित अन्नपात, भाँडाकुँडा, लत्ताकपडा सबै जलेर नष्ट भएको छ। आगलागीबाट करि दुई करोड रूपैयाँ बराबरको क्षति भएको अनुमान गरीएको छ। आगलागि पिडितहरूको नागरिकता, सर्टिफिकेट, लाईसेन्स, लालपुर्जा जस्ता महत्वपूर्ण कागजात समेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ। 

आइतबार राति अम्बिका थापाको घरबाट आगो सल्केको स्थानीय टलक विक्रम थापा बताउँछन्। घरमा आगो के बाट सल्केको हो भन्ने एकिन नभएपनि बेलुका पुजा गर्न बालेको दियोबाट सल्केको हुन सक्ने अनुमान गरिएको छ। त्यस स्थानमा यस अघि दुई पटक घर आगलागी भइसकेको छ। २०५४ मा आगलागीबाट घरबारबिहिन भएका थापा परिवारमा २५ वर्षपछि उहीँ विपत्ति आईपरेको भन्दै कमलामाई नगरपालिकाका मेयर उपेन्द्र कुमार पोखरेलले दुःख व्यक्त गरे। 

आगलागी पीडितसँगको भेटमा पोखरेलले नगरबाट सक्ने सहयोग उपलब्ध गराउने बताए। घटनास्थलको अवलोकन गर्दै नगरका नि-वर्तमान मेयर खड्गबहादुर खत्रीले समेत पीडित परिवारलाई सान्त्वना दिएका छन्। आगलागीको कारण र यकिन क्षतिबारे प्रहरीले अनुसन्धान थालेको छ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर