नेभिगेसन मेनु

पर्यटकको दुर्घटना बिमा
सम्पादक:南亚网络电视
समय:2023-04-21 12:30

turist

प्रदेश सरकारले ट्राभल वा ट्रेकिङ जाने पर्यटकका लागि व्यक्तिगत दुर्घटना बिमासम्बन्धी व्यवस्था गरेको छ। गण्डकी प्रदेश ऐन, २०७९ अन्तर्गत उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रदेश पर्यटन नियमावली जारी गरेको छ। 

गत चैत ३० गते प्रकाशित राजपत्रमा १० लाख रुपियाँ बराबरको बिमा गर्नुपर्ने उल्लेख छ। पर्यटकले ट्राभल वा ट्रेकिङका लागि प्रस्थान गर्नुअघि आफ्नो साथमा जाने कामदारको नाइके तथा कामदारलाई ट्राभल वा ट्रेकिङ एजेन्सीको अभियान समाप्त गरी नफर्केसम्मका लागि नेपालभित्र संस्थापित बिमा कम्पनीबाट १० लाख रुपियाँ नघट्ने गरी दुर्घटना बिमा गराउनुपर्नेछ। 

गण्डकीले जारी गरेको नियमावलीले पर्यटकले नै बिमा गरिदिनुपर्ने व्यवस्था थपेको छ। ट्राभल वा ट्रेकिङमा जाँदा हुन सक्ने सम्भावित जोखिमलाई ध्यानमा राखी बिमाको व्यवस्था राखिएको छ। उपनियम २ मा ट्राभल वा ट्रेकिङमा जाँदा बिमा गरिएको व्यक्तिको दुर्घटनामा परी अङ्गभङ्ग वा मृत्यु भएमा इच्छाएको व्यक्ति र सो व्यक्ति पनि नभए हकवालालाई बिमा रकम दिनुपर्ने उल्लेख छ। मृतकले इच्छाएको व्यक्तिलाई बिमाबापतको उक्त रकम उपलब्ध गराउने काम पर्यटक र ट्राभल वा ट्रेकिङका लागि इजाजतपत्र प्राप्त भएको व्यक्तिको हुने उल्लेख गरिएको छ।

ऐनको दफा १४ देखि १९ सम्म पथप्रदर्शकको व्यवस्था छ भने पथप्रदर्शकको काम गर्नेले मदिरा सेवन गर्न नपाइने व्यवस्था ऐनको दफा १८ मा पथप्रदर्शकको आचारसंहिताअन्तर्गत उल्लेख छ। उक्त आचारसंहिताअनुसार पथप्रदर्शकले आफूलाई पथप्रदर्शक बनाउन पर्यटकलाई बाध्य पार्न हुँदैन। आफ्नो इजाजतपत्र अरूलाई दिन पनि हुँदैन र मादक पदार्थ सेवन गर्न हुँदैन। अन्यथा ऐनले इजाजतपत्र खारेज गर्नेछ।

जलयात्रामा जाने पर्यटकका लागि जलयात्रा व्यवसायीले नेपाली कामदारलाई जीवन सुरक्षा ज्याकेट (लाइफ ज्याकेट), हेल्मेटजस्ता सुरक्षात्मक सामग्री उपलब्ध गराउनुपर्ने उल्लेख छ। उपनियम १ मा जलयात्रा जाने व्यक्तिलाई कुनै किसिमको चोटपटक लागेमा वा निजको मृत्यु भएमा सम्बन्धित जलयात्रा व्यवसायीले क्षतिपूर्तिस्वरूप चोटपटकको प्रकृति हेरी दुई लाख रुपियाँसम्म र मृत्यु भएमा पाँच लाख रुपियाँसम्म तिर्नुपर्ने नियमावलीमा उल्लेख छ।    

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर