नेभिगेसन मेनु

र्‍याफ्टिङले तानिए पर्यटक
सम्पादक:南亚网络电视
समय:2023-04-07 12:41

nepal-river-rafting

सुकुटे, सिन्धुपाल्चोक — साहसिक जलयात्राका लागि विश्वमै चिनिएका ६ हजार नदीनालामध्ये सातौं उत्कृष्टमा परेका भोटेकोशी र सुनकोशी नदी क्षेत्रको दृश्य लोभलाग्दो छ । पानी सफा छ । बिहानैदेखि नदीको छालसँग लुकामारी खेल्दै गरेका र्‍याफबोट देखिन्छन् । 

साँझ अरनिको राजमार्गबाट भोटेकोशी र सुनकोशी नदी किनारमा टेन्ट देखिन्छन् । किनारका होटल रिसोर्ट बत्तीले झिलीमिली छन् । पाहुनाको उल्लेख्य उपस्थिति छ । राजधानी काठमाडौंबाट ७० किलोमिटर दूरी हाराहारीमा रहेका नदीमा चैते चिसोबीच पनि र्‍याफ्टिङमा लोभिने पर्यटकको संख्या बढ्दो छ ।

गत वर्षसम्म बालुवा तस्कर र क्रसरको दोहनले नदी धमिलो भएको मात्र होइन, धार नै बदलिएकाले पर्यटक र्‍याफ्टिङ नगरी फर्किन थालेपछि व्यवसायी निराश थिए । अहिले भने पहिलेजस्तो दोहन नभएकाले सुनकोशी लयमा छ । साहसिक जलयात्राको मज्जा लिने आन्तरिक र विदेशी पर्यटकको बाक्लो उपस्थिति छ ।

यतिबेला र्‍याफ्टिङ गर्न आउने पर्यटकको संख्या दोब्बर भएकाले यहाँका धेरैजसो रिसोर्ट व्यस्त भएको नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सिज (नारा) का अध्यक्ष तथा पर्यटन व्यवसायी शिव अधिकारी बताउँछन् । ‘प्रतिदिन चार सयभन्दा बढी नेपाली र विदेशी पर्यटक र्‍याफ्टिङका लागि आउन थालेका छन्, सबै रिसोर्ट/होटललाई भ्याइनभ्याइ छ,’ उनले भने ।

नेपालीको घुम्ने र साहसिक खेलको मज्जा लिने बानी बढेको फाइदा पर्यटन व्यवसायीले पाएका छन् । यस क्षेत्रमा वार्षिक ६० हजार स्वदेशी र २० हजार विदेशी पर्यटक आउने गरेको व्यवसायी बताउँछन् । यीमध्ये धेरैजसोले जलयात्राको आनन्द लिन्छन् । साहसिक जलयात्रा र रिसोर्टमा अप्रत्यक्ष–प्रत्यक्ष रूपमा हजार जनाले रोजगारी पाइरहेका छन् । राजधानीदेखि युरोप, अमेरिका जस्ता बाह्य मुलुकबाट आउने पर्यटकको लक्ष्य सुनकोशीमा र्‍याफ्टिङ नै हुने गरेको छ । यसबाहेक माउन्टेन बाइकिङदेखि साहसिक खेल मानिने बन्जी जम्पलाई पर्यटकले लक्ष्य बनाएका हुन्छन् ।

अफिसको टोली नै आएर र्‍याफ्टिङको आनन्द लिएको ललितपुर, पाटनकी युनिशा रायमाझीले सुनाइन् । ‘केही विदेशीसहित हाम्रो २० जनाको टोली छ,’ उनले भनिन् । सुनकोशी र भोटेकोशी किनारामा मात्रै र्‍याफ्टिङसहितका सात रिसोर्ट सञ्चालनमा छन् । जिल्लाभर भने होटल र रिसोर्टको संख्या १६ रहेको नेपाल र्‍याफ्टिङ एसोसिएसन (नारा) ले जनाएको छ । भूकम्पअघि जिल्लाभर कोशी किनारामा रहेका रिसोर्टमा मात्रै सात लाख पर्यटक आएका थिए । पर्यटक सिन्धुपाल्चोक आउनुको मुख्य कारण र्‍याफ्टिङ मोह नै रहेको सुनकोशी बिच एन्ड रिसोर्टका सञ्चालक अञ्जन खड्काले बताए ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर