बैशाख ४ गते । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालकोट पुग्नुभएको छ । एमाले अध्यक्ष ओलीलाई भेट्न सभामुख देवराज घिमिरे यसअघि नै बालकोट पुगिसक्नुभएको छ ।
ओली निवासमा नेताहरूले संसदमा टीआरसी र संसदीय समितिमा सहमति खोज्ने गरी छलफल गर्नुहुनेछ ।
छलफलका लागि तीन प्रमुख दलका सचेतकहरू पनि बालकोटमा सहभागी हुनुभएको छ ।