नेभिगेसन मेनु

अन्तिम चरणमा अस्पताल भवन
सम्पादक:南亚网络电视
समय:2023-04-12 12:58

Untitled-1 (1)

शिवालय गाउँपालिकाको केन्द्रमा निर्माणाधीन १० शय्याको अस्पताल भवन निर्माण अन्तिम चरणमा पुगेको छ। 

सङ्घीय शासन प्रणाली लागू भएपछि गाउँपालिकामा १० शøया नगरपालिकामा १५ शय्याको अस्पताल हुनुपर्ने अवधारणा ल्याएपछि अस्पताल भवन निर्माण कार्यको सुरु गरिएको हो। 

प्रदेश सरकारबाट आर्थिक वर्ष २०७८/०७९ मा स्वीकृत नौ करोड ९२ लाख बजेटमा अस्पताल भवन निर्माण कार्य सुरु भएको हो। चालु आर्थिक वर्षको असार मसान्तभित्र काम सम्पन्न गर्न खड्का निर्माण सेवाले जिम्मा लिएको थियो।

खडका निर्माण व्यवसायी टेकबहादुर खड्काले निर्धारित समयभित्र निर्माण सम्पन्न गरी हस्तान्तरण गरिने बताउनुभयो। शिवालय गाँउपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बाँठाले निर्माण व्यवसायीले समयमै काम सम्पन्न गरे पनि मन्त्रालयले पठाउने बजेट समयमा नआउँदा भुक्तानी गर्न समस्या हुने बताउनुभयो।

काम सम्पन्न भएपछि तत्काल सेवा सुरु गर्ने शिवालय गाउँपालिकाका अध्यक्ष शेरबहादुर शाहीले बताउनुभयो। सुविधा सम्पन्न अस्पताल पालिकामा नहुँदा जटिल तथा दीर्घरोगका बिरामीलाई नेपालगञ्ज, सुर्खेत काठमाडौँका महँगा अस्पताल लैजानुपर्ने बाध्यता छ। 

शिवालयमा सुविधासम्पन्न स्वास्थ्य सेवा नहुँदा बिरामीलाई गाडी रिजर्भ गरी नेपालगञ्ज, सुर्खेत लैजानुपर्ने अवस्था छ। पालिकाले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएपछि बिरामीलाई अस्पतातसम्म पु-याउने केही सहज भएको शिवालय–३ का पशुपति जैसीले बताउनुभयो।    

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर