नेभिगेसन मेनु

मैनागाडामा बसपार्कको शिलान्यास
सम्पादक:南亚网络电视
समय:2023-04-11 14:12

rthfgdfgn

राष्ट्रिय सडक सञ्जालसँग हालसम्म जोडिन नसकेको हुम्लाको सदरमुकाम सिमकोटमा बसपार्क निर्माण कार्यको शिलान्यास गरिएको छ । राष्ट्रिय सडक सञ्जाल चाँडै जोडिन लागेको र हेलिकोप्टरबाट ल्याइएका र चिनियाँ सीमा नाका हिल्साबाट सदरमुकाम भित्रिएका यातायातका साधनहरू अव्यवस्थित रूपमा पार्किङ हुन थालेपछि नयाँ बसपार्क निर्माण कार्य सुरु भएको हो ।

सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीले सिमकोट गाउँपालिका –५ को मैनागाडा क्षेत्रको सार्वजनिक जग्गामा बसपार्कको शिलान्यास गर्ने कार्य गर्नु भएको हो । बसपार्क निर्माण कार्य सुरु भएको स्थान मैनागाडा हाल सिमकोट खार्पु सडकको किनारैमा रहेको छ । बसपार्क नभएर हाल सदरमुकाम सिमकोटमा भित्रिएका यातायातका साधनहरू सडकमै अव्यवस्थित रूपमा पार्किङ भइरहेका बेला नयाँ बसपार्कको निर्माण कार्य सुरु भएको हो । 

बसपार्क शिलान्यास कार्यक्रममा अध्यक्ष भण्डारीले सदरमुकामका लागि एउटा बसपार्क अति आवश्यक रहेका कारण नयाँ बसपार्क निर्माण कार्यको थालनी गरिएको बताउनुभयो । गाउँपालिकाका आफ्नै श्रोत नभएको भए पनि त्यसका लागि प्रदेश र सङ्घ सरकारसँग समन्वय गरेर बसपार्क चाँडै सम्पन्न गरेर सञ्चालनमा ल्याउने उहाँले बताउनुभयो । बसपार्क स्थानीय निर्माण उपभोक्ता समितिद्वारा गरिनेछ । यसका लागि कर्णाली प्रदेश सरकारको पहलमा चालु आर्थिक वर्षमा पचास लाख बजेट विनियोजित गरिएको छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर