नेभिगेसन मेनु

पर्यटकीय स्थलको प्रचार अभियान
सम्पादक:南亚网络电视
समय:2023-04-10 15:25

Untitled-1 (2)

एक ३५ वर्षीय युवाले देशका ७७ वटै जिल्ला सदरमुकाममा पुग्ने हिसाबले पैदल यात्रा सुरु गरेका छन् । उनी सुदूरपश्चिम र साबिक कर्णालीका धार्मिक तथा पर्यटकीय स्थलको प्रचारप्रसारका लागि पैदल यात्रामा निस्किएका हुन् । 

बाजुरा जिल्लामा जन्मिएर हाल कैलाली जिल्लाको गौरीगङ्गा नगरपालिका–४, राजीवपुरमा बसोबास गर्दै आउनुभएका देशराज पाध्याय देशका ७७ वटै जिल्ला सदरमुकाम पुग्नका लागि पैदल यात्रामा निस्कनुभएको छ । यसक्रममा हुम्लाको सदरमुुकाम सिमकोट आइपुग्नुभएका उहाँले सुदूरपश्चिम प्रदेश र साबिक कर्णालीका जिल्लामा रहेका पर्यटकीय र धार्मिक स्थलको प्रचारप्रसारका लागि पैदल यात्रामा निस्केको बताउनुुभयो । उहाँले सुुदूरपश्चिममा रहेका पर्यटकीय तथा धार्मिक स्थल गोदावरी, बडीमालिका, पादुुका, वैजनाथ, परशुधाम, अपि सैपाल, खप्तड र साबिक कर्णालीमा रहेका चङ्खेली, पञ्चमुखी, रलिङ, खार्पुनाथ, रारा, छायानाथ, त्रिपुरासुन्दरी, शे–फोक्सुन्डोलगायतका पर्यटकीय स्थलको प्रचारका क्रममा यात्रा गर्दै आउनुभएको छ । उहाँले पर्यटकीय र ऐतिहासिक धार्मिक स्थल भए पनि तिनको प्रचारप्रसार हुन नसक्दा त्यसको प्रवद्र्धन हुन नसकेको देखिएका कारण पर्यटन प्रवद्र्धनका लागि देशभर पैदल निस्किएको बताउनुभयो । हालसम्म उहाँ आठ जिल्लामा पैदलै पुगिसक्नुभएको छ । उहाँ डडेलधुरा जिल्लाबाट चैत १ गते निस्कनुभएको थियो भने त्यसयता बैतडी, दार्चुला, बझाङ, डोटी, अछाम, बाजुरा र हुम्ला जिल्लामा पग्नुभएको छ । हुम्लाबाट मुगु जिल्लाका लागि उहाँ आइतबार लाग्नुभएको छ । 

उहाँले जिल्ला सदरमुकाम पुग्ने र पर्यटकीय स्थलका बारेमा जिल्लाका प्रबुद्ध व्यक्तिहरूसँग छलफल तथा जानकारीसमेत गराउने गर्नुभएको छ । त्योसँगै उहाँले स्थानीय प्रशासनसँग आफू जिल्ला सदरमुकाम पुगेको सिफारिससमेत लिने गर्नुभएको छ । 

देशका ७७ वटै जिल्ला सदरमुकाम पुग्नका लागि उहाँले १० देखि १२ महिना समय लाग्ने अनुमान गर्नुभएको छ । सबै जिल्ला पुगेपछि पैदल यात्री पाध्यायले एउटा ज्ञापनपत्र तयार पार्ने र सो ज्ञापनपत्र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीलाई बुझाउने बताउनुभयो । 

उहाँले सम्भव भए मन्त्रीलाई एक पटक ती पर्यटकीय स्थल अवलोकन गर्न निम्तोसमेत दिने बताउनुभयो । यात्रामा लाग्ने खर्चका लागि उहाँले घरबाट आठ हजार रुपियाँ बोक्नुभएको थियो भने बाँकी ठाउँठाउँमा व्यक्तिगत सहयोग स्थानीयले गर्दै आएका छन् ।     

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर