नेभिगेसन मेनु

कर्णालीमा वर्तमान सरकारले नै निरन्तरता पाउँछ : नेता शर्मा
सम्पादक:南亚网络电视
समय:2023-04-07 13:21

sdfht

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवम् पूर्व अर्थमन्त्री जनार्दन शर्माले  कर्णाली प्रदेशमा वर्तमान सरकारले नै निरन्तरता पाउने बताउनु भएको छ । पार्टी सुदृढीकरण अभियान अन्तर्गत कर्णाली आउनुभएका शर्माले शुक्रबार सुर्खेत विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै कर्णाली प्रदेश सरकारबारे छिट्टै केन्द्रीय गठबन्धनमा आधिकारिक निर्णय हुने बताउनुभयो । 

उहाँले केन्द्रमा गठबन्धन फेरबदल भए पनि कर्णाली सरकारको नेतृत्व माओवादी केन्द्रले नै गर्ने उल्लेख गर्नुभयो । सरकार फेरबदल भए पनि सभामुख भने निरन्तर रहिरहने बताउनुभयो ।  कर्णालीको सरकार यही रहिरहने , कर्णालीको गरिबी हटाउने पक्रिया अघि बढ्दै छ । उहाँले भन्नुभयो, प्रदेशमा कांग्रेससहितको सत्ता साझेदार बिच नै सहकार्य हुन्छ । 

नेता शर्माले माओवादीकै एजेन्डामा देश अघि बढे पनि पार्टी कमजोर हुनुलाई गम्भीरतापूर्वक लिनुपर्ने बताउनुभयो । उहाँले सरकारका सय दिन गठबन्धन फेरबदलमा बितेको भन्दै अब कामले गति लिने बताउनुभयो । केन्द्रमा कांग्रेसले मन्त्रीहरूको नाम दिन नसकेकोले मन्त्रीमण्डले पूर्णता पाउन नसकेको उहाँले बताउनुभयो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर