नेभिगेसन मेनु

पन्चर पाङ्ग्रा फेर्न नसक्दा नेपाल वायुसेवाको वाइडबडी जहाज दिल्लीमा ग्राउन्डेड
सम्पादक:南亚网络电视
समय:2023-03-31 13:08

thumb

काठमाडौँ — बायाँतर्फका दुईटा पाङ्ग्रा ब्रस्ट भएपछि नेपाल वायुसेवा निगमको वाइडबडी विमान दिल्लीमा ग्राउन्डेड भएको छ । आरए२१८ उडान नम्बरबाट काठमाडौं आउनुपर्ने २ सय ५१ जना यात्रु दिल्लीमै छन् । ती यात्रुलाई निगमकै खर्चमा दिल्लीका होटलमा राखिएको निगमका एक अधिकारीले जानकारी दिए ।

बिहीबार दिउँसो सवा २ बजे काठमाडौंबाट उडेको निगमको मकालु वाइडडीको बायाँतर्फको ल्याण्डिङ गियरका दुईटा पाङग्रा ब्रस्ट भएपछि उक्त विमान बिहीबार बेलुकी जगेडा टायरको अभावमा काठमाडौं फर्किन नसकेको हो ।

निगमका ती निर्देशकका अनुसार दिल्लीमा कतार एयरवेजको इन्जिनियरिङ स्टेशनबाट पाङग्रा किनेर र्फेर्ने तयारी भइरहेको छ ।

‘निगमको व्यवस्थापनले जगेडा पाङग्रा जोहो गर्न सक्दा फेरि जहाज दिल्लीमा अलपत्र परेको छ,’ ती निर्देशकले भने, ‘मध्यपूर्वका साना बजेट एयरलायन्सले आफ्ना हरेक स्टेशनमा जगेडा टायर राखेका हुन्छन् । जहाजको पाङग्रा ब्रस्ट भइरहन्छ । काठमाडौंमा कहिल्यै विदेशी वायुसेवा जगेडा पाङग्राका कारण ग्राउडेड भएको सुनिँदैन । हाम्रो जहाज पाङग्राका अभावले हप्तौंसम्म ग्राउडेन्ड हुन्छ । प्रधानमन्त्री र पर्यटनमन्त्रीको ध्यान किन यस्मा जाँदैन ?’

निगमका एक अर्का प्राविधिकका अनुसार, काठमाडौंमा उडान गर्दै आएका सबै विदेशी वायुसेवाले काठमाडौंमा दर्जनौं पाङग्रा जगेडा राख्छन् । कतिपयले निगममै राख्न दिएका छन् । तर, निगमका भने काठमाडौंबाहिरका कुनै पनि विदेशी स्टेशनमा जगेडा नटबोल्ट पनि छैन । ‘यस्तो अवस्थामा हामी अष्ट्रेलिया, कोरिया उडान गर्ने भन्दै छौं । एउटा पाङग्रा नहुँदा जहाज छिमेकी देशमै ग्राउन्डेड हुन्छ । ती देशले हामीलाई कसरी पत्याउँछन् ?’

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर