नेभिगेसन मेनु

जलाशयमा पुरिदाँ कालिगण्डकी जययात्रा सङ्कटमा
सम्पादक:南亚网络电视
समय:2023-03-15 13:28

Capture

स्याङ्जा, चैत १ गते । ‘कालीगण्डकी ए’ जलविद्युत् आयोजनाले निर्माण भएको बाधमा बनेको जलाशयमा सञ्चालनमा आएको जययात्रा पछिल्लो समय सङ्कटमा परेको छ । कालिगण्डकी करिडोर र छेउछाउँमा मोटरबाटोले माटो जलाशयमा खस्दा जलयात्रा सङ्कटमा परेको हो ।

मिर्मीबाट धार्मिकस्थल सेतिबेनी जान र स्थानिय पर्यटकलाई पर्वद्धन गर्ने उद्देश्यले बनाइएको छ किलोमिटर जलाशय पुरिएर दुई किलोमिटर जलयात्रा छोटिएको छ । 

२० वर्ष पहिला बनेको आँधिखोला ड्यामबाट सेतिबेनी सम्मनै जलयात्रा हुने गरेकोमा अहिले दुई किमी वरै झरेर शिलाको दर्शनमा पर्यटक जानुपर्ने बाध्यता रहेको छ ।

शिला शालिग्राम कालीगण्डकी जलयातायात प्रालिका कोषाध्यक्ष प्रेम माँझीले मिर्मी आँधीमुहानदेखि पर्वतको सेतीवेणी शालिग्राम शिलासम्मको जलयात्रा छोटीदाँ पर्यटकको अभाव समेत हुन थालेको बताउनुभो । 

कोषाध्यक्ष माँझीले जलाशय पुरिदाँ जययत्रा छोटिदाँ गल्याङबाटै सडकको प्रयोग गरेर स्वदेशी तथा विदेशी पर्यटक सेतिबेनी पुग्ने गरेको बताउनुभयो । 

बाहिरको पर्यटक आउँदा र भ्रमणटोली आउँदामात्र जलयात्रा हुने बताउनुहुँदै माझीले पुरिएको कालिगण्डकीलाई व्यवस्थापन गर्न नसके कुनै समय जलयात्रा बन्द हुने बताउनुभयो । 

२०५९ सालमा हाते डुङ्गाबाट सुरु भएको जलयात्रा छ वर्षमा १० स्टीमरमा पुगेको थियो । जलयात्राको १९ वर्षमा दुई वटा माउण्ट मकालु फाइबर बोट १२ वटा स्टीमर रहेकोमा २०७८ साल असोज १० गते पहिरोसँगै आएको बाढीले दुबै फाइबर बोटसहित नौ वटामा क्षति पुर्‍याएको थियो भने तीन वटामा जलयात्रा सिमित भएको थियो ।

जलाशय पुरिएर स्टीमरको नियमितता नहुदाँ यात्रुको अभावमा कतिपय पर्यटकले महँगो शुल्कमा स्टीमर रिजर्भ समेत गर्न बाध्य हुनु परेको छ । कुनै समय दुई तीन पटकसम्म दश स्टीमरले जलयात्रा गराउने गरेकोमा अहिले रहेका तीन वटाले एक पटक जलयात्रा गराउन समेत धौ धौ रहेको माँझीको भनाइ थियो ।

बस तथा ट्रकको इन्जिनको प्रयोग गरेर बनाएको एक स्टीमरले एक चोटीमा एक सय जनासम्म बोक्ने गरेको छ भने एकोहोरो दुई सय भाडाँ निर्धारण गरिएको छ ।

जलाशय पुरिदाँ स्टीमर चलाएर जिबिकोपार्जन गरेका यहाँ धेरै युवा बेरोजगार हुनु परेको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर