नेभिगेसन मेनु

अवैध रुपमा भित्रिएको चल्ला नष्ट
सम्पादक:南亚网络电视
समय:2023-02-21 15:09

Screenshot-2023-02-21-114409

कपिलवस्तु, फागुन ९ गते । अवैध रुपमा भारत बाट भित्रिएको ब्रोइलर कुखुराको चल्ला बरामद गरी नष्ट गरिएको छ। कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नम्बर १२ बेदर्मीबाट हुँदै भित्रिएको चल्ला इलाका प्रहरी कार्यालय कृष्णनगरको टोलीले नष्ट गरेको हाे । 

चोरी निकासी भएको सूचना पाएपछि गस्ती टोली पठाएर बरामद गरेको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रमुख प्रहरी निरीक्षक नवराज ढुंगेलले बताउनुभयो । प्रहरीको गस्ती टोली देखेपछि तस्कर भागेको बताइएको छ । बरामद गरिएका १५ कार्टुन (१५सय पिस) चल्ला खाल्टोमा पुरेर नष्ट गरिएको छ । 

भारतमा चल्लाको मूल्य नेपाल भन्दा आधा सस्तो पर्ने भएको हुँदा सीमावर्ती क्षेत्रबाट तस्करी हुँदै आएको छ । साइकलमा राखेर सुरक्षाकर्मीलाई छक्याउँदै तस्करहरुले नेपाल भित्राउने गरेका छन् । त्यसरी भित्राइएको चल्ला सोझै कुखुरा उत्पादक कृषकलाई बिक्री गरिँदै आएको छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर