नेभिगेसन मेनु

भारतको अयोध्या लैजाने शिला हस्तान्तरण (फाेटो फिचर)
सम्पादक:南亚网络电视
समय:2023-01-26 16:23

_______26

भारतको अयोध्यामा निर्माणाधीन राम मन्दिरमा राखिने मूर्ति बनाउनका लागि लैजाने शिलाको विशेष पूजाआजा सहित हस्तान्तरण गरिएको छ । वसन्त पञ्चमीको अवसर पारेर गलेश्वर मन्दिरमा शिलाको पूजाआजा गरी शोभा यात्रासहित हस्तान्तरण गरिएको हो । 

बिहीबार बिहान ८ बजेको साइतमा बेनी नगरपालिका ९ स्थित गलेश्वर धाम मन्दिरमा पूजापाठ,भजनकृत र विभिन्न जातजातिका झाँकी सहित दुई थान शिला जनकपुरधाम स्थित जानकारी मन्दिरका लागि पठाइएको हो । 

गलेश्वर देखि बेनी बजार सम्म शिलासहित शोभा यात्रा गरिएको छ । १६ र २६ मेट्रिक टन तौल भएका राम र सीता नामकरण गरिएको दुई थान शिलालाई दुई छुटाछुटै ट्रकमा राखिएको छ । 

शिलालाई पोखरा,देवघाट,जनकपुरधाम हुँदै अयोध्या पठाइने बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बताउनुभयो । काली गण्डकीको शिला अयोध्यामा लगेर राम र सीताको मूर्ति बनाउनुले कालिगण्डकी र गलेश्वर क्षेत्रको धार्मिक पर्यटनलाई समेत ठूलो टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । शिला लिन अयोध्याको राम मन्दिर निर्माण समितिका सचिव राजेन्द्रसिंह पङ्कज सहित  आउनुभएको छ ।  

कालीगण्डकीको शिला अयोध्या लगेर भगवान् श्रीरामको मूर्ति बनाउँदा धार्मिक र संस्कृति महोत्सव बढ्ने गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताउनुभयो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर