नेभिगेसन मेनु

पेट्रोलियम अन्वेषण अन्तिम चरणमा
सम्पादक:南亚网络电视
समय:2023-02-13 12:36

Untitled-1 (2)

सुर्खेत, फागुन १ गते । दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणका क्रममा अन्तिम चरणको अध्ययन गरिने भएको छ। यसअघि दुई चरणको अध्ययनमार्फत पेट्रोलियम पदार्थ रहेको पुष्टि भइसकेको छ। तेस्रो चरणको अध्ययनमा पेट्रोलियम भण्डारणको अवस्था पत्ता लगाइने जनाइएको छ।

चिनियाँ प्राविधिक टोलीले अन्तिम चरणको अन्वेषण गरेपछि दैलेखमा पेट्रोलियम खानीको अवस्था र व्यावसायिक उत्खनन सम्भावनाको टुङ्गो लाग्नेछ। अन्तिम चरणमा हुने ‘ड्रिलिङ’ लगायतको कामपछि स्थानीय क्षेत्रमा कति पेट्रोलियम भण्डारण छ भन्ने पत्ता लाग्नेछ। अन्वेषणको प्रतिवेदनले पेट्रोलियम खानी सञ्चालन गर्न सम्भव देखाएमा उत्खनन योजना अघि बढ्ने जनाइएको छ। आगामी फागुनभित्रै ड्रिलिङ गर्ने गरी तयारी गरिएको छ।

नेपाल र चीन सरकारबीच भएको सम्झौताअनुसार चिनियाँ प्राविधिक टोलीले २०७६ मा स्थलगत अध्ययन गरेको थियो। त्यसपछि पेट्रोलियम पदार्थको अन्वेषणका लागि गरिएको सिस्मिक सर्भेको प्रतिवेदनले दैलेखमा ग्यास र पेट्रोल भएको पुष्टि गरिसकेको छ। अब ड्रिलिङमार्फत पेट्रोलियम पदार्थ अन्वेषणको थप काम अघि बढाउने तयारी भइरहेको सांसद अम्मरबहादुर थापाले जानकारी दिनुभयो।

सङ्घीय सरकारले पेट्रोलियम पदार्थको अन्वेषणको काम अघि बढाउन ४५ रोपनी जग्गा अधिग्रहणका लागि स्वीकृति दिइसकेको छ। गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले दैलेखको भैरवी गाउँपालिका–१, जलजलेमा ४५ रोपनी जग्गा अधिग्रहण गर्न स्वीकृति दिने निर्णय गरेको हो। 

अब चिनियाँ प्राविधिक टोलीले थप ड्रिलिङ गरेर सतहमा पेट्रोलको मात्रा पत्ता लगाउने काम गर्नेछ। प्रतिनिधि सभा सदस्य थापाले चिनियाँ प्राविधिक टोलिले जमिनमा रहेको पेट्रोलका स्टोर पत्ता लगाएर जग्गा अधिग्रहण गर्ने जानकारी दिनुभयो। सांसद थापाका अनुसार लगानीभन्दा उत्पादन बढ्ने देखिएमा अन्वेषणका थप काम अघि बढाइनेछ। ड्रिलिङ गर्न साढे चार किलोमिटर जमिनभित्र ड्रिलिङ गर्नुपर्छ। यसबाट सतह थाहा पाउने, भण्डारण पत्ता लगाउने काम गरिनेछ। 

दैलेखको भैरवी गाउँपालिका–१ मा क्याम्प स्थापना गरेर अन्वेषणको काम थालनी गरिने जनाइएको छ। सङ्घीय सरकारले पेट्रोलियम पदार्थको अन्वेषणको कामलाई प्राथमिकतामा राखेर काम अघि बढाउन लागेको छ। आउँदो महिनामै पेट्रोलियम पदार्थको अन्वेषणको कार्य प्रारम्भ हुने कर्णाली प्रदेश सभा सदस्य घनश्याम भण्डारीले बताउनुभयो। उहाँले भन्नुभयो, “इक्विपमेन्ट ल्याउँदा सडकका मोडहरू साँघुरा भएकाले सडक विभागलाई छिटो काम गर्न भनिएको छ।” यसअघि पहिलो र दोस्रो चरणमा गरी दुईवटा अध्ययन गरिएको छ। पेट्रोलियम पदार्थसम्बन्धी दैलेखको अध्ययन यो नै अन्तिम हुने जनाइएको छ। अन्तिम अध्ययन भएकाले कति क्षमताको पेट्रोलियम पदार्थ छ भन्ने पत्ता लगाउने र गहिराइ मापन हुनेछ। 

चिनियाँ टोलीले दैलेखमा रहेको श्रीस्थान, नाभीस्थान र पादुकामा बलिरहेको ज्वाला पेट्रोलियम पदार्थ नै रहेको अन्वेषणकै क्रममा पत्ता लगाएको थियो। उक्त टोलीले पहिलो चरण सम्भाव्यता अध्ययन र दोस्रो चरणमा ड्रिल मेसिनमार्फत अन्वेषण गरिसकेको छ।   

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर