नेभिगेसन मेनु

नियम उल्लङ्घन गर्ने सवारीलाई कारबाही
सम्पादक:南亚网络电视
समय:2023-02-12 13:04

Untitled-1 (4)

पोखरा, माघ २९ गते । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले स्वरूप परिवर्तन, लापरबाही तथा ध्वनि प्रदूषण गरी तीव्र गतिमा सवारी चलाउनेलाई कारबाही थालेको छ। 

सवारी नियम उल्लङ्घन गर्ने विभिन्न कम्पनीका ५० वटा मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिई कारबाही गरिएको सो कार्यालयले जनाएको छ। जिल्ला ट्राफिक प्रहरीका अनुसार, यही माघ २६ र २७ गते दुई दिनको अवधिमा ५० वटा मोटरसाइकललाई नियन्त्रणमा लिएको हो।

त्यस्तै सवारीसाधन मोडिफाइ गरी चलाउनेलाई पनि कारबाही गरिएको छ। यस्ता मोटरसाइकलबाट शान्ति सुरक्षामा दख्खल पुगेको र ध्वनि प्रदूषणजस्ता जनगुनासो आएपछि २५ गतेबाट अभियानै सञ्चालन गरी स्वरूप परिवर्तन भएका मोटरसाइकलहरू नियन्त्रणमा लिएको हो।

यसरी नियन्त्रणमा लिइएका मोटरसाइकलहरूलाई पहिलेकै स्वरूपमा परिवर्तन गर्न लगाई एक हजारदेखि पाँच हजार रुपियाँसम्म जरिवाना गर्न सकिने व्यवस्था रहेको छ। 

सवारी नियम उल्लङ्घन गर्ने तथा ‘मोडिफाइ’ गरी सवारी चलाउने चालकलाई सवारी नियमसम्बन्धी कक्षा सञ्चालन गर्ने तयारी भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख प्रहरी निरीक्षक प्रकाश शाहले बताउनुभयो।  

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर