नेभिगेसन मेनु

जनताको सेवामा सधैँ समर्पित छु : जुग्जाली
सम्पादक:南亚网络电视
समय:2023-02-06 12:20

Untitled-1

म्याग्दी, माघ २३ गते । गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रेशमबहादुर जुग्जालीले आफू मन्त्री कति दिन हुने भन्ने टुङ्गो नभए पनि सांसद भने पाँच वर्षसम्म रहने बताउनुभएको छ । त्यही भएर मन्त्री भएको समयमा सबैले सम्झने खालको काम गर्ने प्रतिबद्धतासमेत उहाँले बताउनुभयो । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा म्याग्दीले आयोजना गरेको भेटघाट तथा स्वागत कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।

मन्त्री जुग्जालीले मालिका गाउँपालिकामा रहेको ढुङ्गाखानी (स्लेट) र बेग–भगवतीको खरी उत्खनन गर्न आवश्यक नीति–नियम बनाएर सञ्चालनको योजना बनाएको सुनाउनुभयो । उहाँले म्याग्दीमा अलपत्र परेका विकास निर्माणका योजनाहरूको बारेमा आफूलाई पत्रकार तथा सञ्चारकर्मीले उचित सल्लाह, सुझाव दिनुपर्ने बताउनुभयो । अलपत्र रहेका योजनालाई पूर्णता दिने, स्लेट तथा खरी खानीलाई सञ्चालनमा ल्याएमा स्थानीयस्तरमा रोजगारी सिर्जना हुने भएकाले त्यसलाई ध्यानमा राखेर अगाडि बढ्ने उहाँले बताउनुभयो ।

मन्त्री जुग्जालीले पत्रकार महासङ्घ म्याग्दीको भवन निर्माणका लागि आवश्यक सहजीकरण गर्ने बताउँदै जिल्लामा पत्रकारिता क्षेत्रको संस्थागत विकासका लागि सबै सहयोग उपलब्ध गराउने बताउनुभयो । 

महासङ्घका संस्थापक अध्यक्ष घनश्याम खड्काले पत्रकार महासङ्घलाई उपलब्ध गराएको जग्गाको प्रयोग गर्ने वातावरण मिलाइदिन तथा जिल्लाबाट भइरहेको तीव्र बसाइँसराइ रोक्न, लगानीको वातावरण बनाउन र विकास निर्माणका पूर्वाधार निर्माणलाई जोड दिनुपर्ने बताउनुभयो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर