नेभिगेसन मेनु

प्रतियोगिता सञ्चालन भइरहेकै बेला हेलिकोप्टर अवतरण गरेपछि कुटिए पाइलट
सम्पादक:南亚网络电视
समय:2023-01-20 13:03

Untitled-1_20230119184913

 स्याङ्जाको वालिङस्थित फुटबल मैदानमा प्रतियोगिता सञ्चालन भइरहेको समयमा हेलिकोप्टर अवतरण गरेपछि स्थानीयले पाइलटमाथि हातपात गरेका छन्। 

पाँच दिनदेखि जारी प्रथम वालिङ् गोल्ड कप प्रतियोगिताअन्तर्गत बिहीबार अपराह्नन सेमिफाइनलतर्फ आयोजक वालिङ रातो र एभनिर एफसी बीचको खेल चलिरहेको थियो। 

सोही समयमा प्रभु हेलिकोप्टर ल्याण्ड गरेपछि क्याप्टेन रमेश डंगोलमाथि हातपात भएको हो। चार्टर गरेर ल्याइएको हेलिकोप्टरमा यहाँका केही युवाहरू आक्रोशित बन्दै हातपात गरेका हुन्। 

वालिङ नगरपालिकाका चार जना युवाले सो हेलिकोप्टर ४० हजार रुपैयाँमा चार्टर गरेर वालिङ ल्याएका हुन्। हेलिकोप्टर ल्यान्डपछि मैदानका खेलाडी र दर्शकहरूको भागाभाग भयो। 

अनुमति बिना खेल मैदानमा ल्याण्ड गरिएको  हेलिकोप्टरका बारेमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा जानकारी गराएको र थप अनुसन्धान सुरु गरिएको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जानकारी दिए। 

 
#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर