नेभिगेसन मेनु

लुक्ला विमानस्थलबाट एक वर्षमा एक लाख बढीले लिए हवाई सेवा
सम्पादक:南亚网络电视
समय:2023-01-18 13:03

Lukla-airport_20230118093751

 सोलुखुम्बुको तेन्जिङ हिल्लारी विमानस्थल लुक्लामा एक वर्षभित्र एक लाख बढीले हवाई सेवा लिएका छन्। पर्यटकीय विमानस्थल लुक्लामा सन् २०२२ को जनवरीदेखि डिसेम्बरसम्म १ लाख १ हजार ५ सय १ जनाले हवाई सेवा लिएका नेपाल नागरिक उड्ययन प्राधिकरण लुक्लाले जनाएको छ। 

जसमा ४१ हजार १ सय १८ जना भित्रिएका छन् भने ६० हजार ३ सय ८३ जना बाहिरिएको प्राधिकरण प्रमुख महेश श्रेष्ठले जानकारी दिए। सो अवधिमा १३ हजार ८ सय ४५ पटक उडान तथा अवतरण भएको प्राधिकरणको तथ्यांकमा छ। बढी जसो उडान तथा अवतरण जहाजको र केही मात्रामा हेलिकप्टरको पनि रहेको प्राधिकरण प्रमुख श्रेष्ठले बताए। 

लुक्लाबाट एक वर्षभित्र ८ लाख ८९ हजार ४२९ किलो कार्गो रामेछापको मन्थली र काठमाडौं ढुवानी गरिएको छ भने ७ लाख २६ हजार ३२१ किलो कार्गो भित्रिएको प्राधिकरणले जनाएको छ। ढुवानी गरिएको कार्गो सामाग्रीहरुमा राशन, तरकारी, निर्माण सामाग्री, पर्यटकहरुको क्याम्पीङ, कपडा लगायतका रहेको बताइएको छ। 

विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा भ्रमणका लागि आउने विदेशी तथा स्वदेशी पर्यटकहरुले यस विमानस्थल प्रयोग गर्दछन्। रोमाञ्चक अनुभूति दिने विश्वभरका विमानस्थलमध्ये आठौँ स्थानमा लुक्ला पर्दछ। लुक्ला विमानस्थलका लागि उडान गर्दा १० मिनेटमा देखिने दृश्य र अनुभवले निकै रोमाञ्च सिर्जना गर्ने जानकारहरु बताउँछन्। यो विमानस्थल सर एडमन्ड हिलारीको सहयोगमा सन् १९६० निर्माण भएको हो।

वि.स. २०६४ पुसमा एडमण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाको सम्मानमा उनीहरूकै नामबाट विमानस्थलको नामाकरण गरिएको हो।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर