नेभिगेसन मेनु

विद्यालयबाट घर फर्किएकी विद्यार्थीको शव फेला
सम्पादक:南亚网络电视
समय:2023-01-16 16:22

चचभ

खोटाङ, माघ २ गते । खोटाङमा १७ वर्षीया बालिका शङ्कास्पद अवस्थामा मृत फेला परेकी छन् । जिल्लाको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान काभ्रेकी रञ्जिता दाहाल घर नजिकै मृत अवस्थामा भेटिएकी हुन् । महेन्द्राेदय माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत रञ्जिता आइतबार विद्यालय गएर घर नफर्किएपछि खोजी गर्दा सोमबार बिहान घर नजिकै शङ्कास्पद अवस्थामा उनको शव भेटिएको हो ।

आइतबार अपरान्ह घर फर्कने क्रममा सम्पर्कविहीन बनेकी बालिकाको शव घरभन्दा करिब २ सय मिटर टाढा खन्युको फेदमा पासो चुँडिएर खसेको जस्तो अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । 

सुरुमा स्थानीयले शव भेटेपछि प्रहरीलाई खबर गरेका थिए । बालिकाको ओठ, आँखा, घाँटीमा चोट देखिएको, सलको एक टुक्रा घाँटीमा र एक टुक्रा रुखको हाँगामा रहेकाले घटना शङ्कास्पद देखिएको महादेवस्थानका वडाध्यक्ष कमल गिरीले बताउनुभयो । 

माघ ३ गतेदेखि विद्यालयमा आयोजना गरिएको नगरस्तरीय भलिबल, फुटबल र नृत्य प्रतियोगिताको तयारीका लागि रञ्जिता गाउँकै साथीसँग विद्यालय पुगेकी थिइन् । प्रतियोगिताको तयारी सकेपछि उनी साथीसँगै दिउँसो साढे तीन बजेतिर घर फर्केकी थिइन् । बाटैमा पर्ने साथीको घरमा रोटी खान आग्रह गर्दा हतार छ भन्दै रोटी बोकेर हिँडेकी बालिका बेपत्ता भएकी थिइन् । 

घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । शवको पोष्टमार्टमपछि बालिकालाई ‘हत्या गरेर झुण्ड्याइएको जस्तो बनाउन खोजिएको वा आफैँ झुण्डिएको’ विषय खुल्ने जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख (डिएसपी) मञ्जिल मुकारुङले बताउनुभयो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर