नेभिगेसन मेनु

इलामको सुकिलुम्बा विमानस्थलबाट साप्ताहिक उडान हुने
सम्पादक:南亚网络电视
समय:2023-01-10 12:41

sukilumba-airport-ilam_20180604094957

पशुपतिनगर(इलाम), पुस २५ गते । इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा नेपाल एयरलाइन्सले साप्ताहिक रुपमा उडान भर्ने भएको छ । माघको पहिलो साताबाट साप्ताहिक रुपमा उडान भर्ने गरी इलाम नगरपालिका र एयरलाइन्सबीच सहमति भएको हो । 

उडानका लागि चाँडै मिति तय हुने इलाम नगरपालिकाका नगर प्रमुख केदार थापाले जानकारी दिनु भयो । ‘माघ १ देखि सातामा एक उडान भर्नेे सहमति भएको छ, बार र समयको निश्चित आज नै हुँदैछ’ नगर प्रमुख थापाले भन्नुभयो । आज नेपाल वायुसेवा निगमका कर्मचारी इलाम आएपछि सबै टुङ्गो लाग्ने थापाले जानकारी दिनुभयो ।

उक्त विमानस्थलमा प्रारम्भमा तारा एयरले इलाम नगरपालिकासँगको समन्वयमा उडान गरेको थियो । ताराले यात्रु नपाएको भन्दै गत जेठ महिनादेखि एकलौटी रुपमा उडान बन्द गरेको थियो । इलाम नगरपालिकाको पहलमा फेरि नेपाल वायुसेवा निगमले उडान सुचारु गर्ने भएको छ । 

इलाममा पाँचथर, ताप्लेजुङसहित भारतको दार्जिलिङसम्मका यात्रुले सेवा पाउने भएका कारण निगमलाई नियमित उडान गर्न आह्वान गरिएको थापाले बताउनुभयो । 

पर्यटकीय क्षेत्र इलाम भएका कारण नियमित उडान राख्दा यात्रु पाउन समस्या नहुने नगरपालिकाले जनाएको छ । उक्त विमानस्थलमा गत फागुनमा तारा एयरले उडान गरेको हो । इलामबाट करिब १ घण्टाको उडान अवधिमा काठमाडौं पुगिन्छ । निगमले भाडा दर आजै निर्धारण गर्नेछ  ।

फाल्गुनन्द विमानस्थल निर्माणका २० वर्षपछि धावन मार्ग कालोपत्रे भएको थियो । विमानस्थल कालोपत्रे सम्पन्न भएपछि नेपाल वायुसेवा निगमको ट्वीनटर विमानले परीक्षण उडान गरेको थियो । इलाममा ६७० मिटर लम्बाइ र २० मिटर चौडाइको पक्की विमानस्थल बनेको छ । २०५८ सालमै विमानस्थल निर्माणको प्रक्रिया थालिएको भए पनि निर्माण प्रक्रिया २०६८ सालबाट भएको थियो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर