नेभिगेसन मेनु

रूसी राष्ट्रपति पुटिनद्वारा ३६ घण्टे युद्ध विरामको घोषणा
सम्पादक:南亚网络电视
समय:2023-01-06 15:37

putin1665059403

युक्रेनमाथि आक्रमण गरेको १० महिना भन्दा लामो समयपछि रूसले पहिलो पटक युद्ध विरामको घोषणा गरेको छ ।

अर्थोडक्स ईसाइहरुको क्रिसमस पर्वको अवसर पारेर रूसी राष्ट्रपति भ्लादिमीर पुटिनले शुक्रबारदेखि लागू हुने गरी ३६ घण्टाका लागि क्षणिक युद्धविरामको घोषणा गरेका छन्।

स्थानीय समय अनुसार शुक्रबार मध्याह्नदेखि सुरू हुने युद्धविराम ३६ घण्टासम्म रहनेछ। अर्थोडक्स ईसाइ र यहुदीहरुले जनवरी ७ मा क्रिसमस पर्व मनाउने भएका छन्।

रूसी ‘अर्थोडक्स’ गिर्जाघरका प्रमुख प्याट्रिआर्क किरिलले गरेको अपिल अनुसार पुटिनले आफ्ना सेनालाई युद्धविराम गर्न आदेश दिएका हुन्।

‘किरिलले गर्नुभएको अपिललाई ध्यानमा राख्दै राष्ट्रपतिले रूसी महासङ्घको रक्षा मन्त्रालयलाई युक्रेनी युद्धमोर्चामा ३६ घण्टाका लागि युद्धविराम गर्न निर्देशन दिनुभएको हो,’ राष्ट्रपति कार्यालय क्रेम्लिनले एक विज्ञप्तिमार्फत् जानकारी दिएको छ।

युक्रेनलाई पनि सोही अनुरूप कदम चाल्न पुटिनले आग्रह गरे पनि किएभले अस्वीकार गरेको छ।

रूसले आफ्ना सैनिकलाई ब्यवस्थित गरी अगाडि बढाउन समय खोजेको भन्दै रूसी युद्धविरामलाई युक्रेनले खारेज गरिदिएको छ।

युक्रेनी राष्ट्रपतिका सल्लाहकार माइखेलो पाडोल्याकले कब्जा गरेको युक्रेनी भूमि छाडेर रूसी सेना फिर्ता नभएसम्म कुनै पनि अस्थायी युद्धविराम नहुने स्पष्ट पारेका हुन्।

युक्रेनका फौजहरूको अग्रतालाई रोक्ने र रूसी सैनिकहरूलाई युद्धमोर्चानजिक पुग्न दिने प्रयास स्वरूप मस्कोद्वारा युद्धविराम घोषणा गरिएको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले दाबी गरेका छन्।

एक भिडिओ सम्बोधनमा राष्ट्रपति जेलेन्स्कीले पूर्वी डोन्बास क्षेत्रमा युक्रेनी फौजलाई अगाडि बढ्नबाट रोक्ने तथा आफ्ना थप फौज एवं उपकरणहरू ल्याउने उद्देश्यका साथ पुटिनले युद्धविरामलाई अगाडि सारेको आरोप लगाएका छन्।

यता संयुक्त राज्य अमेरिकाले पुटिनले केही राहत खोज्ने प्रयत्नस्वरूप अस्थायी युद्धविराम गरेको टिप्पणी गरेका छन्।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर