नयाँ दिल्ली– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृशोक परेको छ। मोदीकी आमा हिराबेनको १०० वर्षको उमेरमा शुक्रबार बिहान साढे ३ बजे निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
स्वास्थ्यावस्था बिग्रिएपछि हिराबेनलाई बुधबार अहमदाबादस्थित यूएन मेहता अस्पतालमा भर्ना गरिएको थियो। प्रधानमन्त्री मोदीको आमा हीराबेनको जन्म १८ जुन १९२३ मा गुजरातको मेहसाणा जिल्लाको विसननगरमा भएको थियो।
प्रधानमन्त्री मोदीले शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत् आफ्नी आमाको निधन भएको बताएका छन्। ट्विट गर्दै मोदीले लेखेका छन्, ‘शानदार शताब्दीको ईश्वरको चरणमा बिराम‘। आमामा मैले सधैं त्यो त्रिमूर्तिको अनुभूति गरेको छु, जसमा एक तपस्वीको यात्रा, निष्काम कर्मयोगीको प्रतिक र मूल्यप्रति प्रतिबद्ध जीवन समाहित छ।’