नेपाल राष्ट्र बैँकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १३१ रूपैयाँ ६१ पैसा र बिक्री दर १३२ रूपैयाँ २१ पैसा रहेको छ। युरो एकको खरिद दर १२८ रूपैयाँ ६६ पैसा र बिक्री दर १२९ रूपैयाँ २५ पैसा रहेको छ।