
भन्सार एजेन्ट छनोटको लिखित परीक्षा स्थगित भएको छ । भन्सार विभागले कोरोना संक्रमणले निम्तिएको असामान्य परिस्थितिका कारण एक सूचना जारी गर्दै यही जेठ २२ गतेका लागि निर्धारित परीक्षा स्थगित भएको जनाएको हो ।
लिखित परीक्षासम्बन्धी अर्को मिति परीक्षा हुनुभन्दा कम्तीमा १५ दिनअगाडि सूचनामार्फत जानकारी गराइने विभागले जनाएको छ ।
