नेभिगेसन मेनु

असिनापानीले बालीमा क्षति
सम्पादक:南亚网络电视
समय:2025-05-25 14:06


asinapani

एस् ए टी भी ११ ज्येष्ठ, काठमाडौँः जुम्लामा शुक्रबार राति परेको भीषण असिनापानीले बालीनालीमा ठुलो क्षति पुर्‍याएको छ । जिल्लाका आठै वटा स्थानीय तहमा परेको असिनापानीले किसानको बालीनाली नष्ट गरिदिएको हो । असिना पानीले राँसाका ११५ र मालापानीका ७०, खोप्रीका ४५ र ढिपुगाउँका ९० घरपरिवारले भित्र्याउन तयार गरेको जौँ, गहुँ र उवा बाली नष्ट गरेकाले किसान चिन्तित बनेका छन् । 

तिला गाउँपालिका–९ मा आधा फिटसम्म असिना जमेको स्थानीयले जानकारी दिएका छन् । असिनासँगैको पानीले स्याउ, मार्सी धानको बिउलगायतका बालीनालीमा क्षति पुर्‍याएको छ । एक घण्टासम्म निरन्तर असिना परेपछि लगाएको बाली सखाप पारेको तथा जनजीवन प्रभावित भएको स्थानीय उमेश रावतले बताउनुभयो । उहाँका अनुसार असिनाले भित्र्याउन तयारी अवस्थामा रहेको जौ खेतमै झारेको छ । यस्तै बारीमा लगाएको गहुँ, सिमी, आलु, मकै, फापरलगायतको बाली नष्ट पारेको हो ।

हिमा गाउँपालिका–१ का किसान वीरबहादुर शाहीले झन्डै चार इन्च मोटो असिना परेको बताउनुभयो । उहाँले पाटनमा भेडा जोगाउन पनि समस्या परेको जनाउनुभयो । त्यस क्षेत्रको असिनाले स्याउका फूल त रहेनन् नै, पातसमेत सखाप पारेको शाहीको भनाइ छ । रावतका अनुसार यस वर्षको हिउँदमा पनि यति भीषण गरी नपरेको असिना यो पटक परेको हो । पहिलो पटक यति धेरै मात्रामा असिना परेको स्थानीयको भनाइ रहेको छ । 

असिनापानीले बालीमा गरेको क्षतिका विषयमा किसानले पालिकामा खबर गरिरहेका छन् । अब वैकल्पिक बाली लगाउने सोचमा रहेका छन् । स्थानीयका अनुसार खोलामा आएको बाढीले मार्सी धानका बेर्ना र खेतमा समेत क्षति गरेको छ । यो घटनाले देवारगाउँमा खाद्य सुरक्षामै असर पार्ने देखिएको छ । स्थानीय सरकार तथा सम्बन्धित निकायबाट तत्काल राहतका लागि क्षतिपूर्तिको आशा गरेका छन् ।

यता प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले स्थानीय सरकारले बालीमा पुगेको वास्तविक क्षतिको विवरण सङ्कलन गर्ने काम सुरु गरेको बताउनुभयो । उहाँले जिल्ला विपत् व्यवस्थापन समितिको बैठकमा स्थानीय सरकारलाई क्षतिको विवरणका लागि माग गर्ने निर्णय भएको जानकारी दिनुभयो । 

कृषि विकास कार्यालयका प्रमुख रामभक्त अधिकारीका अनुसार असिना पानीले पारेको क्षतिका विषयमा किसानले खबर गरिरहेका छन् । उहाँले क्षतिका विषयमा जिल्लाका आठ वटै स्थानीय तहलाई पत्राचार गरिएको जानकारी दिनुभयो । 

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक रविनबाबु रेग्मीका अनुसार सो क्षेत्रमा क्षतिको मुचुल्का उठाउन प्रहरी परिचालन गरिएको छ । स्थानीयले मुचुल्का गरिदिन माग गरेपछि त्यस क्षेत्रमा रारालिही प्रहरी चौकीबाट प्रहरी टोली गएको उहाँले बताउनुभयो । असिना पानीले यसअघि जिल्लाको पातारासी, चन्दननाथ, गुठीचौर, तातोपानी र सिँजा क्षेत्रमा असिना परेर बालीनालीमा क्षति पुर्‍याएको थियो ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर