नेभिगेसन मेनु

हुम्लाको बोक्चे गौडा सडक सुचारु
सम्पादक:南亚网络电视
समय:2025-05-14 12:11


bokche gauda sadak

एस् ए टी भी ३१ वैशाख, काठमाडौंः कर्णाली कोरिडोरको हुम्ला खण्डमा पर्ने बोक्चे गौडा सडक मङ्गलवारबाट सुचारु भएको छ । माथिल्लो हुम्लाका तीन वटा गाउँपालिकाका लागि विकास निर्माणका सामाग्री ढुवानी गर्न र यात्रुहरूलाई सहजताका लागि सेना निर्माण कार्य रोकेर सडक सुचारु गरेको हो । 

प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जेठ ३ गतेसम्म बोक्चे गौडामा सडक स्तरोन्नतिको कार्य रोकेर यातायात सेवा सुचारु गरिएको बताउनुभयो । आर्थिक वर्षको अन्तिम अन्तिम समय भएको कारण विकास निर्माणका सामाग्री भित्र्याउन, व्यापारीको सामान ढुवानी गर्न र सुर्खेत तथा नेपालगन्ज जाने यात्रुहरूको सहजताका लागि सडक खुलाइएको उहाँले बताउनुभयो । यातायातका साधन सो खण्डमा सुचारु भएका हुन । बन्द गरिएको सडक सुचारु भएपछि पहिलो दिन तीस वटा ट्रक तथा बोलेरो जिप खार्पुनाथ र सिमिकोटतर्फ आउन पाएका छन् ।

यात्रुका साथ व्यापारीको सामान र विकास निर्माणको सामान समेत भित्रिएको छ । उहाँले सबै सरकारी कार्यालय, उपभोक्ता, निर्माण व्यवसायी, व्यापारी तथा सर्वसाधारणलाई सडक सुचारु हुने अवधिको भरपुर उपयोग गर्न समेत आग्रह गर्नुभयो । बोक्चे गौडा, भिगौडा र याङ्चुकुनामा हाल काम गरी रहेको नेपाली सेना विकास निर्माण दलका गुल्मपति अमृत पराजुलीले सडक निर्माणको कार्य रोकेर यातायात सुचारु गरिएको बताउनुभयो । सेनाले सो खण्डको आठ सय मिटर चट्टानी भीरमा सडकको स्तरोन्नती गर्ने कार्य गरी रहेको छ ।

सेनाले चैत २५ गतेबाट काम सुरु गरेको थियो भने यसअघि वैशाख १० गतेदेखि १३ गतेसम्म पनि सडक निर्माण कार्य रोकेर यातायात सेवा सुचारु गरिएको थियो । सेनाले आगामी असार भित्र यो सडक र खार्पुको दोजाम कर्णाली नदीमा बेलिब्रीज निर्माण गरी सक्नु पर्नेछ । 

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर