नेभिगेसन मेनु

डोल्पा हुँदै पूर्वी रुकुम जोड्ने सडक निर्माण गर्न डीपीआर
सम्पादक:南亚网络电视
समय:2025-04-20 11:53

dolpa rukum road

एस् ए टी भी ०७ वैशाख, काठमाडौँः डोल्पाको ठूलीभेरी नगरपालिकाको ताली गाउँ हुँदै पूर्वी रुकुम जोड्ने सडक निर्माणका लागि डीपीआर सुरु गरिएको छ। पहिलो चरणमा नगरपालिका भित्र पर्ने ताली गाउँदेखि चिनाराङ्सी पाटनसम्म सडक निर्माणका लागि डीपीआरको काम सकिएको हो।

‘नगरपालिकाको सिमाना भित्रैको करिब १० किलोमिटर सडकको डीपीआरको काम सकिएको छ । अब चिनाराङ्सीदेखि डोल्पा र पूर्वी रुकुमको सिमानामा पर्ने ज्ञानेसम्म डीपीआर गर्न बाँकी हो,’ नगरपालिकाका प्राविधिक पञ्च बुढाले भने, ‘पहिलो चरणमै कामसक्ने योजना हो, तर बाग्लो हिँउ जमेकाले त्यो भन्दा अघि बड्न सकिएन । डोल्पा–पूर्वी रुकुम जोड्ने सडकको ८० प्रतिशत डीपीआरको काम सकिसकेको छ । अब २० प्रतिशत बाँकी हो । त्यो पनि हिँउ पग्लियो भने अर्को सातासम्म सम्पन्न हुन्छ ।’

उनका अनुसार ज्ञानेभन्दा पारि पूर्वी रुकुमको पुथा उत्तरगंगा गाउँपालिकामा पर्ने कुण्डला भन्ने ठाउँ पर्छ । त्यहाँबाट लाल पाटन खारबाङ हुँदै रकुमकोट पुगिन्छ । यो सडक निर्माण भएमा सिधै मध्य पहाडी लोकमार्गसँग जोडिने छ भने डोल्पा काठमाडौ जोड्ने सबैभन्दा छोटो सडक बन्नेछ ।

सडक निर्माण पश्चात डोल्पाबाट पूर्वी रुकुम बाग्लुङ् पर्वत पोखरा हुँदै काठमाण्डौ एक दिनमै पुग्न सकिने ठुलिभेरी नगरपालिकाका नगर प्रमुख सुवर्ण कुमार बुढाले बताए । ‘नगरपालिकाको बजेटबा डीपीआर गरेका छौं । डीपीआरको काम सकिने बित्तिकै प्रदेश र संघ सरकारसँग बजेटकालागि पहल गर्छौं,’ उनले भने, ‘यो सडक निर्माण पछि डोल्पाबाट मध्यपहाडी लोकमार्गसँग जोड्ने सबैभन्दा छोटो सडक बन्नेछ ।’

अहिले डोल्पालीहरु काठमाण्डौ जानकालागि पश्चिम रुकुम,जाजरकोट हुँदै ‘यु’ आकारमा घुमेर पुनः डोल्पाको सिमाक्षेत्र आसपास पुग्नुपर्छ । यो सडक निर्माण पश्चात डोल्पाबाट सिधै रुकुम पुर्व पुग्न सकिन्छ ।

डोल्पाहुँदै पूर्वी रुकुम जोड्ने सडक काठमाडौसँग पहुँच जोड्ने छोटो सडक हुने भएकाले निर्माणका लागि पहल गर्न जिल्ला नेतृत्वहरुलाई निवर्तमान प्रमुख जिल्ला अधिकारी तुलसी प्रसाद दाहालले सुझाव दिएका थिए । नगरपालिकाको दश लाख बजेटमा आरकेड कन्सलटेन्सीले डीपीआरको जिम्मा पाएको हो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर