नेभिगेसन मेनु

कास्की अन्नपूर्णमा एक जना स्पेनी नागरिकको शव भेटियो, एक बेपत्ता
सम्पादक:南亚网络电视
समय:2024-08-27 19:03

spanish

११ भदौ, पोखरा । कास्कीको वीरेठाँटी हुँदै म्याग्दी घोरेपानी जाँदै गर्दा बेपत्ता भएका दुई जना स्पेनी नागरिकमध्ये एक जना पुरुषको शव फेला गरेको छ भने एक जना महिला अझै बेपत्ता छिन् ।

भदौ ६ गते नेपाल प्रवेश गरी ९ मा अन्नपूर्ण गाउँपालिकास्थित अन्नपूर्ण संरक्षण आयोजनाको वीरेठाँटी चेकपोस्ट नाम टिपाएका दुई जना बेपत्ता भएका थिए । अन्नपूर्ण गाउँपालिका वडा नम्बर ९ को तिखेढुंगास्थित मौजा खोलानजिकै रुकस्याक झोला, मोबाइल, टोपी टिसर्ट लगायतका कपडा तथा ट्रेकिङ सामाग्री बटुवाले देखेपछि जनप्रतिनिधिलाई खबर गरेका थिए ।

 
 
 

घटनालगत्तै वीरेठाँटीस्थित प्रहरी चौकीमा खबर गरिएको वडा नम्बर ९ का अध्यक्ष रमेश गुरुङले जानकारी दिए । झोलामा उनीहरुको पासपोर्ट पनि भेटिएको थियो । घोरेपानी हिँडेका स्पेनी नागरिक इरिक कासानोभास (पुरुष) र मोलास जुन्का मेसी (महिला) भएको पत्ता लागेसँगै उनको थप विवरण र खोजी कार्य थालिएको वडाध्यक्ष गुरुङले बताए ।

‘वीरेठाँटीबाट ट्रेकिङ रुट हुँदै उनीहरु घोरेपानी जान हिँडेको खुल्यो । वीरेठाँटीस्थित एकयाप चेकपोस्टमा उनीहरुले बिहान १० बजेर २१ मिनेट जाँदा नाम दर्ता गराएका रहेछन्,’ वडाध्यक्ष गुरुङले भने, ‘लगातार २ दिनसम्म पनि उनीहरु फेला नपरेपछि मौजा खोलामा सशत्र प्रहरी बलको गोताखोरसहितको टोलीले खोजि थालेपछि मंगलबार एक जना पुरुषको शव परेको छ ।’

 
 

प्रशिद्ध पर्यटकीयस्थल घारेपानी जाने ट्रेकमा तिखे ढुंगा खाना खाने स्टेसन मानिन्छ । सो दिनको मौसम गर्मी भएकाले उनीहरु खोलामा पौडी खेल्न गएको हुन सक्ने अनुमान गरिएको कास्की प्रहरी प्रमुख एसपी मोहन थापाले जानकारी दिए ।

उनीहरुको झोलासहितको सामाग्री फेला गरेको ठाउँभन्दा करिब डेढ किलोमिटर तल शव भटिएको घटनास्थलबाट गाउँपालिका अध्यक्ष विष्णु केसीले जानकारी दिएका छन् ।  शवलाई पोस्टमार्टका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याउने तयारी भइरहेको छ भने बेपत्ता महिलाको खोजी कार्य भइरहेको एसपी थापाले जानकारी दिए ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर