नेभिगेसन मेनु

आज भारत बन्दको आव्हान, विहारसहितका राज्य प्रभावित
सम्पादक:南亚网络电视
समय:2024-08-21 20:34

barat-768x478

काठमाडौँ । अनुसूचित जाति र जनजातिको लागि आरक्षणमा क्रीमी लेयर सम्बन्धी सर्वोच्च अदालतको निर्णयको विरोधमा आज भारत बन्दको घोषणा गरिएको हो ।

भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार भारत बन्दको असर देशका धेरै राज्यमा देखिएको छ । रिपोर्टका अनुसार बिहारको जेहानाबादमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । बिहारको आराहमा प्रदर्शनकारीले रेलमार्ग अवरुद्ध गरेका छन् । प्रदर्शनकारीले दरभंगा(दिल्ली बिहार सम्पर्क एक्सप्रेस रेललाई पनि दरभंगा रेलवे स्टेशनमा रोकेका थिए।

पीटीआईका अनुसार भारत बन्दको प्रभाव झारखण्डको राँचीमा पनि देखिएको छ । यहाँ निजी बस सेवा बन्द गरिएको छ ।

यस बन्दलाई समाजवादी पार्टी (एसपी), बहुजन समाज पार्टी (बसपा) र राष्ट्रिय जनता दल (राजद) ले पनि समर्थन गरेका छन् ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर