नेभिगेसन मेनु

भारतको केरलामा निपाह भाइरस भेटिएपछि उच्च अलर्ट जारी, यसरी सर्न सक्छ यो भाइरस
सम्पादक:南亚网络电视
समय:2024-07-23 12:59

WeChat Screenshot_20240723104345

काठमाडौं । भारतको केरला राज्यमा निपाह भाइरस देखिएपछि उच्च सर्तकता जारी गरिएको छ । भाइरसका कारण १४ वर्षीय बालकको मृत्यु भएपछि स्वास्थ्य अधिकारीहरूले त्यहाँ अलर्ट जारी गरेका हुन् ।

स्थानीय सरकारले मानिसहरूलाई सार्वजनिक क्षेत्रमा मास्क लगाउन र अस्पतालमा मानिसहरूलाई भेट्न नजान अनुरोध गरेको छ । अस्पताल जानै परे उच्च सावधानी अपनाउन भनिएको छ ।

त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार थप ६० जनामा भाइरसको जोखिम उच्च देखिएको छ । केरलाको स्वास्थ्य मन्त्री वीणा जर्जले मृतक बालकको सम्पर्कमा आएकाहरूलाई अलग्गै राखेर परीक्षण गरिएको जानकारी दिए ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले निपाह भाइरस सङ्क्रमण सुँगुर र चमेरा जस्ता जनावरबाट मानिसमा सर्ने ‘जुनोटिक रोग’ भएको जनाएको छ । डब्ल्यूएचओले यो रोगले महामारी हुनसक्ने भन्दै उच्च सतर्कताका लागि सबैलाई अनुरोध गरेको छ ।

निपाह भाइरस संक्रमण भएपछि मानिसमा ज्वरो आउने , टाउको दुख्ने, मांसपेशी दुख्ने, बान्ता हुने र घाँटीको दुखाइ जस्ता लक्षण देखिने स्वास्थ्यकर्मीहरुले बताएका छन् । त्यस्तै कसैलाई भने रिँगटा लाग्ने र निद्रा लागिरहने जस्ता लक्षण पनि देखिन सक्छ ।

यो भाइरस संक्रमित हुँदा कुनै कुनै अवस्थामा लक्षण नै नदेखिएपनि श्वासप्रश्वास सम्बनधी समस्याहरू हुनसक्ने डब्ल्यूएचओले जनाएको छ । निपाह सङ्क्रमणले मस्तिष्कलाई समेत असर गर्ने तथ्यहरु भेटिएका छन् ।

उपचारको लागि कुनै औषधि वा भ्याक्सिन उपलब्ध नभएकाले भाइरस सङ्क्रमणबाट जोगिनुनै उत्तम उपाय देखिनछ ।

यो भाइरस दूषित खानाबाट र सङ्क्रमित व्यक्तिको सम्पर्कबाट सर्ने भएकाले भौतिक दूरी कायम गर्नु नै बच्ने मुख्य उपाय हो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर