नेभिगेसन मेनु

बङ्गलादेशमा विद्यार्थीहरू द्वारा फेरि आन्दोलनको घोषणा
सम्पादक:南亚网络电视
समय:2024-07-29 17:39

Bangladesh-andolan-e1721439521412

१४ श्रावण २०८१ बङ्गलादेशमा पक्राउ परेका विद्यार्थी नेतालाई रिहा नगरेपछि विद्यार्थीहरूले थप आन्दोलनको कार्यक्रम घोषणा गरेका छन्।सरकारी जागिरमा आरक्षणको व्यवस्थाविरुद्ध आन्दोलन गर्ने क्रममा पक्राउ परेका आफ्ना नेताहरूलाई रिहा गर्नुपर्ने, आन्दोलनका क्रममा शाहदत प्राप्त गरेका नागरिकका आफन्तसँग माफी माग्नुपर्ने लगायतका मागलाई प्रशासनले बेवास्ता गरेपछि आन्दोलनरत बङ्गलादेशी विद्यार्थी समूहले सडक प्रदर्शनको नयाँ आन्दोलनको घोषणा गरेको हो।

एएफपीलाई प्रहरी र अस्पतालबाट प्राप्त नयाँ तथ्याङ्कअनुसार यस महिना निजामती सेवाको भर्नामा आरक्षण (कोटा) प्रणालीको विरोधमा विद्यार्थीहरूले जुलाइमा गरेको प्रदर्शनका क्रममा भएका हिंसात्मक घटनाहरूमा कैयौँ प्रहरी अधिकारीसहित कम्तीमा २०५ जनाको मृत्यु भएको थियो।

विद्यार्थी अगेन्स्ट डिस्क्रिमिनेसनका नेताहरूले आइतवार साँझसम्म प्रहरीले आफ्ना नेताहरूलाई रिहा नगरे एक हप्ता लामो आन्दोलन स्थगनको कार्यक्रमलाई सोमवारदेखि नै जारी राख्ने अन्तिम चेतावनी दिएका थिए। रासस

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर