एस ए टिभी, काठमाडौँ । श्रावण शुक्ल पूर्णिमाका दिन संसार भर रहेका सनातनीहरूले हातमा रक्षा सूत्र बाँधी जनै पूर्णिमा मनाइन्छ । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन अनि विचलित नहोऊ भनी रक्षा बन्धन बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेको रक्षा बन्धनको परम्परा आज पनि प्रचलित नै छ । जनै पूर्णिमाका अवसरमा काठमाडौँस्थित पशुपतिनाथ क्षेत्र आसपासका तस्बिरहरू :
धर्तीकै स्वर्गको उपमा
2024-8-16